असार १८, २०७९
‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए । चिन्ता, छटपटी र...
काठमाडौं –कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।
जिन्दगीमा सधैं सोचेजस्तो कहाँ हुन्छ ? ५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । गाउँले अचम्ममा परेका छन् भने प्रहरी कार्यालयमा उजुरी परेको छ ।
भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिनुका साथै सानोतिनो जागिर समेत दिलाएका थिए । बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे । सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे ।
‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले लोकान्तरसँग भने, ‘भारतको जम्मुकस्मिर पुर्याएछन्, तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्याएर बन्दी बनाएको थाहा पाएपछि २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’
घर पुगेका सुरेन्द्र पछि फेरि भारत गएको र आफू भारतमै चालकको काम गर्ने भएकाले थाहा नपाएको बुवा जयराजले बताए । दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् ।
एक्कासि यही असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए । सँगै आए भारतीय मुस्लिम नागरिक, नइम ।
बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।
सुरेन्द्र केही वर्षमै प्रियंका कसरी बने त ? इलाका प्रहरी कार्यालय झलारीमा उजुरी आएको र त्यसलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । प्रियंकाले प्रहरीसमक्ष औषधि खुवाएर तथा सुइ लगाएर लिङ्ग परिवर्तन गरिएको गुनासो गरेकी छन् । आफ्नो लिङ्ग जबरजस्ती परिवर्तन गराउनेलाई कारवाही हुनुपर्ने उनको माग छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रियंकासहित परिवारले उजुरी दिएको छ । प्रहरीमा उजुरी पुगेपछि प्रहरीको आग्रहमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरले प्रियंकाको स्वास्थ्य जाँच गरेको छ ।
प्रहरीले सोधेका प्रश्नको जवाफ लेखेर पठाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए । ‘यो प्रहरी अनुसन्धानको पाटो हो । प्रहरीले सोधेको प्रश्नको जवाफ पठाएका छौं । थप बताउन मिल्दैन,’ उनले भने ।
के–के भयो शारीरिक परिवर्तन ?
स्थानीय सोपेन्द्र कार्कीका अनुसार प्रियंकाको हाउभाउ पूरै केटीजस्तै भएको छ । ‘लजाउने, हिँड्ने तरिका सबै केटीकै जस्तो देखिन्छ,’ उनले भने, ‘स्तन पनि देखिन्छन् ।’ भारतमा हुँदा औषधि र सुइ लगाएर जबरजस्ती लिङ्ग परिवर्तन गरिएको भनेर प्रियंकाले भनेको कार्कीले बताए ।
औषधि र सुइका कारण ‘हर्माेन’मा परिवर्तन गर्न सकिने महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ समेत बताउँछन् ।
‘स्वेच्छिक लिङ्ग परिवर्तन गरिएका थुप्रै घटना सुनिन्छन्,’ उनले भने । प्रियंकाको हकमा जबरजस्ती भएकाले मुद्दा प्रक्रियामा गएको छ ।
लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए ।
‘हामी न्याय खोजिरहेका छौं, प्रहरीले के गर्छ हेरौं,’ उनले भने । प्रियंकाको आवाज भने परिवर्तन भएको छैन । केटाजस्तै आवाजमा बोल्छिन् प्रियंका ।
किन गरियो जबरजस्ती लिङ्ग परिवर्तन ?
कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने सपना बोकेका सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’
घरपरिवार र प्रहरीले घटनाबारे विस्तृतमा बुझिसकेका भने छैनन् । प्रहरीमा उजुरी पुगेकाले अनुसन्धान भइरहेको छ । नयाँ घटना भएकाले अभियुक्तलाई कुन मुद्दा चलाउने, स्वास्थ्यको प्राविधिक विषयलाई कसरी समाधान र जाँच गर्ने भनेर प्रहरी समेत अलमलमा रहेको स्रोतले बतायो ।
भारतीय नागरिक नइमले प्रियंकालाई लिङ्ग परिवर्तन गराउनेको पञ्जाबाट मुक्त गरेर ल्याएको बताइएको छ ।
धेरै कुरा रहस्यमै छन्, प्रहरीले खोजी गरिरहेको छ ।
‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए । चिन्ता, छटपटी र...
'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् ...
एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...
२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...
बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन । व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...
नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...