मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
असार ५ गते अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हवाई आक्रमण गर्ने आदेश दिए अनि अन्तिम घडीमा उक्त आदेश फिर्ता लिए । यसो गरेर ट्रम्पले भयंकर ठूलो गल्ती गरेको दाबी अमेरिकी बुद्धिजीवीहरूले गरे ।
दी एटलान्टिकमा प्रतिष्ठित सुरक्षाविद् कोरी शाकेले लेखे, ‘अमेरिकाको विश्वसनीयतालाई क्षति पुर्याउने गरी ट्रम्पले आफूलाई राष्ट्रपति बाराक ओबामा जस्तै धम्की मात्र दिन मन पराउने राष्ट्रपति साबित गरेका छन् ।’ शाकेका अनुसार, ट्रम्पको कसूर त ओबामाको भन्दा पनि खराब छ ।
सन् २०१२ मा ओबामाले सिरियाली गृहयुद्धमा सरकारी बलहरूले प्रयोग गर्ने कुनै पनि किसिमको रासायनिक हतियार आफ्ना लागि ‘रातो घेरा’ हुने बताएका थिए । टिप्पणीकर्ताहरूले ओबामाको उक्त शब्दावलीलाई यसरी व्याख्या गरे – त्यो रेखा पार गरेमा अमेरिकाले सिरियाली सरकारलाई तत्कालै दण्ड दिनेछ । तर बशर असदका सुरक्षाबलले रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परेपनि ओबामाले कुनै कारवाही चलाएनन् । आलोचकहरूले उनलाई यस मौनताका लागि खुइल्याउन कुनै कसर छोडेनन् । अमेरिकाको विश्वसनीयतामा अपूरणीय क्षति पुगेको आरोप लगाइयो ।
ट्रम्प चाहिँ अहिले ओबामाभन्दा पनि एक कदम अघि बढेको भनिएको छ । शाकेले लेखे, ‘राष्ट्रपतिको निन्दनीय व्यवहारले उनलाई देश एकजुट बनाउन, युद्ध आवश्यक छ भनी विश्वस्त तुल्याउन र त्यही समर्थनको आधारमा अमेरिकाका साझेदारहरूलाई लडाईंमा भाग लिनका लागि मनाउन लगभग असम्भव बनाएको छ ।’
अर्को शब्दमा भन्नुपर्दा ट्रम्पले मध्यपूर्वमा फेरि अर्को एक युद्धमा होमिन अमेरिकालाई असम्भव बनाएको भन्दै शाकेले तीतो पोखेका छन् ।
तर धम्की दिनु अनि बम खसाउनुले विश्वसनीयता बढाउँछ त ? त्यसो हो भने त ओबामा र ट्रम्पको हिचकिचाहटका बावजूद अमेरिकाले विगत ३० वर्षमा निकै धेरै उपलब्धि हासिल गर्नुपर्ने हो । रोनल्ड रेगनदेखिका राष्ट्रपतिहरूले अनेकौं अवसरमा धम्की दिँदै बम पनि खसाएका छन् । अनि निशानामा परेका छन् लिबिया, पनामा, इराक, सोमालिया, बोस्निया, सर्किया, सुडान, अफगानिस्तान, पाकिस्तान, सिरिया र यमन लगायतका देश । ती देशमाथि दण्डात्मक कारवाही यदाकदा वा लगातार भइरहेका छन् । आधुनिक इतिहासमा अमेरिकाले जति अरू कुनै पनि देशले अर्को देशमाथि बम खसाएको छैन । अरू देश त छेउछाउमा पनि पर्दैनन् ।
तर विगतका यिनै ३० वर्षमा विश्वनेताका रूपमा अमेरिकाको हैसियत गिरेको छ । विश्वसनीयता बल प्रयोग गर्नुभन्दा पनि बुद्धिमत्ता देखाउनुमा छ । तर बर्लिनको पर्खाल ढलेदेखि ९/११ मा आतंकवादी आक्रमण हुँदासम्म अमेरिकाको नीति बनाउने व्यक्तिहरूले संसारको एक मात्र अपरिहार्य मुलुकमा बुद्धिमत्ता लागू नहुने निर्णय गरिदिए । हालैका दशकमा अमेरिकी शासनशैलीको महत्त्वपूर्ण प्रारूप भनेको आडम्बर हो । त्यही आडम्बरका कारण सैन्य सक्रियताले रणनीतिक यथार्थवादमा पुगेको क्षतिलाई लुकाएको छ ।
छोटकरीमा भन्नुपर्दा जथाभावी बल प्रयोग गर्दा अमेरिकाको विश्वसनीयता डगमगाएको छ । सन् १९६६ मा सिनेट फरेन रिलेसन्स कमिटीसमक्ष बयान दिँदै प्रख्यात कूटनीतिज्ञ जोर्ज एफ केन्नानले महत्त्वपूर्ण कुरा भने । ‘अतिशय वा अगतिलो लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्नुभन्दा खराब अडानहरूलाई दृढता तथा बहादुरीपूर्वक हटाउनुले यस संसारमा बढी सम्मान दिलाउँछ ।’
त्यतिखेर केन्नानले भियतनामको प्रसंगमा यो कुरा गरेका थिए । तर केन्नानको भनाइ अहिले पनि लागू हुन्छ । अतिशय लक्ष्यको दिशाहीन अनुसरणले अमेरिकालाई सधैं युद्धमा धकेलिरहेको छ । तेहरानमा शासन परिवर्तन गर्ने स्वैरकल्पना त्यसैको पछिल्लो उदाहरण हो ।
आजको मितिमा मध्यपूर्वमा अमेरिकाको एक मात्र चासो हुनुपर्छ । त्यो भनेको स्थिरताको पुनर्बहाली हो । पेन्टागनले राम्रो शब्दमा ‘गतिशील कारवाही’ भनी सन्दर्भ बनाउने कार्यले उक्त क्षेत्र स्थिर हुँदैन । सिर्जनात्मक कूटनीतिले थप युद्ध नभई कम युद्धका लागि प्रयास गर्नुपर्छ ।
यसै वर्षको आरम्भतिर राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्प आफैंले यस विषयलाई प्रशंसनीय स्पष्टताका साथ राखेका थिए । ‘महान् देशहरू अन्त्यहीन युद्ध लड्दैनन्,’ उनले घोषणा गरेका थिए । केन्नान आफैंले यो भावलाई अंगीकार गर्थे होलान् ।
तर कुनै एक भाव नै सिद्धान्त वा विचारधारा हुन्छ भन्ने जरूरी छैन । पर्सियाको खाडीमा अमेरिकाको खराब अडानलाई दृढता तथा बहादुरीपूर्वक अन्त्य गर्ने लगन ट्रम्पमा शायद छैन । तर उनले यसै गर्नुपर्छ । त्यसो गरेमा अमेरिकीहरू उनीप्रति कृतज्ञ हुनेछन् । अनि थप युद्ध गर्नुपर्छ भनी आह्वान गर्नेहरूलाई बेवास्ता गरेर ट्रम्पले अमेरिकाको विश्वसनीयतामा हालैको समयमा पुगेको क्षतिलाई सुधार गर्ने प्रक्रिया शुरू गर्न सक्छन् ।
लस एन्जिलिस टाइम्समा प्रकाशित एन्ड्रु जे बासेभिचको विश्लेषण
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...