कंगना रनावतले देखाइन् वन्डर वुमन अवतार (भिडियो)

काठमाडौं – कंगना रनावत र राजकुमार रावको फिल्म जजमेन्टल है क्याको ट्रेलर मंगलवार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा कंगना वन्डर वुमनको लूकमा देखिइन् । 

कंगनाले कालो र सुनौलो रंगको लुगा लगाएकी थिइन् । 


Advertisement

उनले फोटोग्राफरहरूलाई विभिन्न पोज दिइन्। 

कंगनाको नयाँ फिल्मको चर्चा पहिलेदेखि नै भइरहेको छ । फिल्मको टाइटल मेन्टल है क्या को विरोध भएपछि निर्माताहरूले यसलाई परिवर्तन गरेका थिए । 


Advertisement

यो फिल्ममा हत्याको रहस्य र अनेकौं ट्विस्ट छन् । थ्रिलर फिल्मको ट्रेलर हेरेर धेरैले यसको प्रशंसा गरेका छन् । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्