२७ जेठ २०८३, बुधबार

चीनमा सार्वजनिक स्थानमा लुगा खोल्न प्रतिबन्ध, खोलेमा जरिवाना लगाइने

चीनमा सार्वजनिक स्थानमा लुगा खोल्न प्रतिबन्ध, खोलेमा जरिवाना लगाइने

काठमाडौं – चीनमा सार्वजनिक स्थानमा शर्ट खोलेमा जरिवाना तिनुपर्ने नियम आएको छ । 

चीनको शेनडोङ प्रान्तमा नयाँ नियम लागू भएको हो । अधिकारीहरूका अनुसार, मानिसलाई असामाजिक व्यवहार रोक्नका लागि यसलाई लागू गरिएको हो । यसको पालन चीनका अनेकौं शहरमा गरिनेछ ।

कति जरिवाना तिर्नुपर्ने हो स्पष्ट पारिएको छैन तर सामाजिक सञ्जालमा यससम्बन्धी बहस शुरू भएको छ ।

चीनमा गत मार्च महिनामा नियम घोषणा गरेपनि लागू अहिले आएर गरिएको छ । नयाँ नियमअनुसार, सार्वजनिक स्थानमा कम्मरमाथिको कपडा खोल्दा जरिवाना तिर्नुपर्नेछ । पौडी खेल्दा पनि यसमा ध्यान दिनुपर्नेछ ।

एक चिनियाँ अधिकारीका अनुसार, जरिवाना असुल्नु भन्दा पनि मानिसलाई शिक्षित गर्न यो नियम लगाइएको हो । मानिसले नियम पालन गरून् र खराब व्यवहारलाई सुधारून् भन्ने हाम्रो इच्छा हो । 

नयाँ नियममुताबिक स्थानीय झरनामा गोडा वा कपडा धुँदा पनि जरिवाना लगाइनेछ । सार्वजनिक स्थानमा थुक्दा अनि जेब्रा क्रसिङभन्दा अन्तबाट बाटो काट्दा पनि जरिवाना लगाइनेछ ।

नयाँ नियम लागू भएपछि मानिसहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । एकजनाले लेखे, ‘अब म आफ्नौ सुडौल शरीर कसरी देखाऊँ ?’ अर्का एकजनाले चाहिँ ‘स्पोर्ट्स च्यानलहरूले बक्सिङ खेल देखाउँदा फाइन तिनुपर्ने होला’ भनी लेखे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्