पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असार २२ गते शुरू हुने भनिएको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् ।
सभापतिलाई समयमै महाधिवेशन गर्न तयार नभएको आरोप लगाउँदै आएका संस्थापनइतर पक्षका शीर्ष नेता मंगलवार कांग्रेस नुवाकोटका सभापति जगदीश नरसिंह केसीको निवास गोंगबुमा जम्मा भए । भेलाले केन्द्रीय समिति बैठकमा सभापति देउवालाई तत्काल महाधिवेशनको तयारी थाल्न दबाब दिने रणनीति बनाएको थियो ।
भेलामा उपस्थित रहेका जगदीशनरसिंह केसीले नेपालकै ठूलो लोकतान्त्रिक पार्टीका संरचनामा प्रतिनिधि मनोनयन गरेर अघि बढ्ने कार्य स्वीकार्य नहुने बताए । ‘नेपाली कांग्रेसको विधानमा संक्रमणकालीन व्यवस्था भनेको छ, जहाँ वडादेखि माथिल्लो तहसम्म निर्वाचनमार्फत प्रतिनिधि चुन्ने भनेको छ,’ केसीले भने, ‘तर नियमावलीमा केन्द्रीय समितिको निर्णय बमोजिम हुनेछ भन्ने प्रावधान राख्न संस्थापन पक्षले दबाब दिइरहेको बुझिएको छ ।’
संस्थापन पक्षको यही तयारीलाई निस्तेज बनाउने रणनीतिका साथ शीर्ष नेताहरू भेला गराउन आफूले पहल लिएको केसीको दाबी छ । गोंगबु बैठकले समयमा महाधिवेशन गर्न तयारी पनि नगर्ने अनि विधानले व्यवस्था गरेअनुरुप संरचनाको निर्माण पनि नगर्ने हो भने कांग्रेस लोकतान्त्रिक पार्टी नरहने निष्कर्ष निकालेको थियो ।
नेपाली कांग्रेसले नियमावली मस्यौदा तयार गर्न ३ महिनाअघि रमेश लेखकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही दिनयता नियमावली मस्यौदा समितिले नियमावली निर्माणको काम धमाधम गरिरहेको सदस्य जीवन परियारले लोकान्तरलाई बताए । ‘२ दिनदेखि हामी धमाधम नियमावलीको ड्राफ्ट बनाइरहेका छौं,’ परियारले भने, ‘अहिलेसम्म विवाद हुने विषय केही देखिएको छैन ।’
परियारले नियमावलीका विषयमा कहीँकतै विवाद नभएको भनेपनि केन्द्रीय समितिमा बहुमतमा रहेका सभापति देउवाले आफू अनुकूल नियमावली पास गर्ने र कांग्रेसलाई थप कमजोर बनाउन सक्ने डर संस्थापनइतर पक्षको रहेको हो । असार २२ गतेदेखि शुरू हुने केन्द्रीय समिति बैठकले नियमावलीमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ ।
केन्द्रीय समिति बैठकका लागि केही एजेन्डा तय भइसकेका छन् । भर्खरै सम्पन्न पहिलो चरणको जागरण अभियानको समीक्षा, नियमावलीको विषय, विभाग गठन गर्ने विषय, नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको विषय, तरुण दललाई पूर्णता दिने लगायत एजेन्डामा केन्द्रीय समिति बैठकमा छलफल हुने तय भएको छ ।
बैठकमा छलफल हुने एजेन्डाका विषयमा छलफल गर्न सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए तर पार्टीभित्र देउवाको एकल निर्णय मान्य नहुने भन्दै पौडेलले अन्य नेतासँग छलफल गरेर मात्र देउवाको प्रस्तावमा सहमति वा असहमति जनाउने बताएर छलफलबाट बाहिरिएको स्रोतले बतायो । स्रोतका अनुसार अस्ति बसेको गोंगबु बैठकमा पौडेलले सभापतिले आफूसमक्ष भागबण्डाको प्रस्ताव ल्याएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
कांग्रेसले संगठन सुदृढीकरणका लागि भन्दै देशैभर जागरण अभियान सञ्चालन गरेको थियो । संस्थापनइतर एक नेताले देउवाको भागबण्डाको प्रस्तावले तल्लो तहका नेता तथा कार्यकर्तामा नकारात्मक सन्देश जाने तर्क गरे । ‘न समयमा महाधिवेशन गर्न तयार हुने, न विधान अनुसार पार्टीका संरचनाहरू बनाउन तयार हुने,’ उनले सभापति देउवाप्रति आक्रोश पोख्दै भने, ‘यस्तै चाल हो भने आगामी संसदीय निर्वाचनमा कांग्रेसले अहिलेभन्दा कमजोर प्रदर्शन गर्ने खतरा छ ।’
महाधिवेशन नगराउने सभापति देउवाको प्रपञ्च
सभापति देउवाले समयमा महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउने प्रपञ्च रचेको आरोप संस्थापनइतर पक्षले पहिल्यैदेखि लगाउँदै आइरहेका छन् । ‘नेतृत्वले राम्रोसँग पार्टी सञ्चालन गर्न नसकेको कुरा मेची महाकाली, तराई हिमाल जताततैका कार्यकर्ताबाट गुनासो आइरहेको छ,’ पूर्वमन्त्री लक्ष्मण घिमिरेले लोकान्तरसँग भने, ‘अहिले महाधिवेशनको तयारी शुरू नगरिकन जुन जागरण अभियान चलाइएको छ, त्यो पनि एउटा केन्द्रीय कार्यसमितिले निर्णय नगरिकन एकैचोटी अपर्झट केन्द्रीय कार्यालयबाट आएको हो । नेतृत्वले समयमै महाधिवेशनका बारेमा सोच्नुपर्थ्यो ।’
संस्थापनइतर पक्षको शंकालाई बल पुर्याउने आधार स्वयं सभापति देउवाको निकट पूर्व उपसभापति गोपालमान श्रेष्ठले दिएका छन् । श्रेष्ठले कांग्रेसमा कार्यसमितिको म्याद १ वर्ष थपिनु कुनै नौलो कुरा नरहेको बताएका छन् । ‘खासमा ५ वर्ष नै नेतृत्व गर्ने हो,’ केही दिनअघि लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भनेका थिए, ‘महाधिवेशनले चुनेको नेतृत्वले ४ वर्ष मात्र काम गर्ने भनेर विधानमा भनिएको भएपनि १ वर्ष थप गर्नु कांग्रेसको परम्पराजस्तै हो । यसका लागि कुनै कारण चाहिँदैन । बरू विशेष परिस्थितिमा थप ६ महिना म्याद थप गर्न सकिने प्रावधान छ ।’
५ वर्षपछि विशेष परिस्थितिलाई कारण देखाएर थप ६ महिना कार्यकाल लम्ब्याउने स्थिति नभएको तर १ वर्षे कार्यकाल थप गर्ने विषयमा कुनै शंका नभएको श्रेष्ठले खुलासा गरे । श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने संस्थापनइतर पक्षको आशंकालाई सही भन्नुपर्ने हुन्छ ।
‘दही च्युरे’ छलफलमा सिटौलाको निष्कर्ष
असार १५ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवासमा भेट गरेर आएलगत्तै कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट पत्रकारहरू भेला गरेर ‘दही च्युरे’ छलफल गरेका थिए ।
छलफलमा सहभागी नेपाली कांग्रेसनिकट एक पत्रकारका अनुसार सिटौलाले सभापति देउवासँग २ वटा मात्र विकल्प रहेको बताएका थिए । ‘या त विधानमा उल्लेखित संक्रमणकालीन व्यवस्था अनुसार संरचना निर्माण गर्नुपर्यो हैन भने तत्काल महाधिवेशनको मिति घोषणा गर्नुपर्यो,’ सिटौलालाई उदृत गर्दै उनले भने, ‘यही पाराले पार्टी चल्दैन ।’
सिटौलाले दिएका २ विकल्पका बारेमा जगदीशनरसिंह केसीको निवास गोंगबुमा बसेका शीर्ष नेताहरूले छलफल गरेका थिए । स्रोतका अनुसार गोंगबु बैठकमा सिटौलाकै निष्कर्ष अनुसार अघि बढ्ने अनौपचारिक सहमति भएको छ । सभापतिलाई त्यहाँ उपस्थित नेताहरूले आफू अनुकूल नियमावली बनाउ दबाब दिएको, विधानका धाराहरू छल्न खोजेको र भागबण्डामा पार्टी लैजान खोजेको आरोप लगाउँदै आपत्ति जनाएका थिए ।
केही समययता पौडेल समूहले पनि ‘बाल’ दिन छाडेपछि सिटौलाले आफूलाई एक्लिएको महसूस गरेका थिए तर गोंगबु बैठकमा सिटौलासमेत संस्थापनइतर पक्षका नेताहरू एक देखिएका छन् ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...