
काठमाडौं– पुनरावलोकनबाट समेत टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर पूर्वअधिराजकुमारी प्रेरणा शाहले दर्ता गरेको निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सुरु गरेको छ ।
तत्कालीन राजा ज्ञानेन्द्रबाट दाइजोका रुपमा पाएको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकारको निर्णयविरुद्ध प्रेरणाले दायर गरेको मुद्दा फेरि उठाउन नमिल्ने गरी टुंगिसकेको भएपछि सर्वोच्चले सुक्राबार सुनुवाइ गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।