असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
धनगढी – नेपालको तराई र चुरे क्षेत्रको प्राचीन भू–अवस्थिति स–चित्रण गरिएको खोजमूलक पुस्तक ‘हिडन ट्रेजर अफ द लो ल्यान्ड नेपाल’ (तराई–चुरेका अदृश्य सम्पदाहरू) भाग–२ ले बजार तताउन थालेको छ ।
अंग्रेजी भाषामा ६ वर्षसम्म खोज गरेर लेखिएको पुस्तकमा तराई र चुरे क्षेत्रको ऐतिहासिक धरातलबारेको केही विवादित र विरोधाभासपूर्ण सवाल छन् । लेखक तथा भूगोलविद् एवं अनुसन्धानकर्ता महेश चौधरीले पुस्तक बजारमा ल्याएका हुन् ।
पुस्तकको भाग–२ भाग–१ को परिपूरकको रुपमा रहेको लेखक चौधरीको भनाई छ । ६ वर्ष पहिले आएको पुस्तकको भाग–१ मा नेपालको समग्र प्राकृतिक साधन स्रोतको अवस्थितिसहित तराई क्षेत्रको परिचय, हावापानी, जलस्रोत, प्राकृतिक सम्पदा, खानीको अवस्था, नेपालमा पहाडबाट तराईमा र भारतबाट नेपालमा कहिले र कसरी बसाइसराई भयो भन्नेबारे, यहाँका हिमालयहरू, चुरेको उत्पत्ति, पेट्रोल खानीबारे गहन रुपमा खोज गरी व्याख्या गरिएको छ ।
मानव संशाधन, आदिवासीको अवस्था, विशेषगरी तराईमा आदिम अवस्थादेखि बसोबास गर्ने थारु जातिको विस्तृत रुपमा उत्पत्ति (जेनेटिक) बारे अध्ययन गरिएको छ । विभिन्न लेखकले लेखेका तथ्यसहित थारुहरूमा मलेरिया पचाउन सक्ने क्षमताबारे अध्ययन गरेको लेखकको भनाई छ । थारु जातिमा देखिएको अल्फा थलासिया जीन (कोषको अंश) का कारण थारुहरूमा अरु जातिभन्दा मलेरिया पचाउने क्षमता बढी देखिएको लेखकको अनुसन्धानले बताउँछ ।
लेखक आफ्नो पुस्तकबारे भन्छन्, ‘प्राचीन समयमा यताको चुरे हुँदै पूर्वपश्चिम यात्राको क्रममा आदि मानवहरू जापान, फिलिपिन्स, थाइल्याण्डतिर बसाई सरेर गएको देखाउँछ । तिनीहरू थारुका शाखा सन्तान हुन सक्छन् भन्ने यो पुस्तकको निचोड हो ।’
जर्मन अनुसन्धानविद् तथा पुरातत्वविद् डा. गुड्रुङ कोर्भिनसले दाङको चुरे क्षेत्र र महोत्तरीको रातो नदीमा सन् १९८७ ताका १० वर्षसम्म अनुसन्धान गरेकी थिइन् । अनुसन्धानको क्रममा दाङ र महोत्तरीमा फरक–फरक निशान र प्रकृतिका ढुंगे औजार पाइएका थिए । दाङमा भेटिएको ढुंगे औजार कतै पनि मेल नखाएको पुस्तकमा उल्लेख छ । उनले भने, ‘महोत्तरीमा उत्खनन्को क्रममा भेटिएका ढुंगे औजारको निशान तथा प्राकृति थाईल्याण्ड र भियतनामको हनोबियनमा भेटिएको ढुंगे औजारसँग मेल खाएको पाइएको छ । जसबाट यहाँका आदिमानवहरू उता गएको प्रमाणित हुने लेखकको दाबी छ ।
दाङ र महोत्तरीको ढुुंगे औजारमध्ये महोत्तरीमा भेटिएको ढुुंगे औजार दाङभन्दा पछिल्लो कालको रहेको कुरा जर्मन अनुसन्धानविद् गुड्रुङ कोर्भिनसको अनुसन्धानले पुष्टि गरेको लेखकको भनाई छ । उनले नेपाल, भारतसहित दक्षिण एसियाको विभिन्न ठाउँको खोज अध्ययन गरेकी थिइन् । सन् २००६ मा भारतको पुनेमा उनको विभत्स हत्या भयो ।
नेपालमा अथाह प्राकृतिक सम्पदाको भण्डार रहेको बताउँदै लेखक चौधरी सुर्खेतमा तेलको भण्डार र दैलेखमा ग्यास निस्केको तथ्यले पुष्टि गर्ने बताउँछन् । तराईमा मात्रै तेलको भण्डारलाई १० वटा ब्लगमा विभाजन गरिएको र पूर्वमा ३ ब्लग आउन बाँकी रहेको बताउँदै उनले समग्रमा पुस्तकले नीति निर्मातालाई सहयोगी सावित हुने पनि विश्वास व्यक्त गरे ।
'नेपालमा मधेश नै छैन'
यति मात्रै नभई लेखकले पुस्तककमा नेपालमा मधेश नै नभएको तथ्य पेश गरेका छन् । तराई क्षेत्र प्राचीन हिम्मवत् खण्ड (हिमालय क्षेत्र) रहेको बताउँदै उनी भन्छन्, ‘नेपालमा मधेश छैन भन्ने कुरा मैले भनेको होइन । यो त दस्तावेजले बोल्छ । भारतको इतिहासबारे ३ जना लेखकले लेखेको पुस्तक ‘एन एडभान्स हिस्ट्री अफ द इन्डिया’ले बोल्छ ।’ पुस्तकका लेखक डा. आरसी मुजुमदार, डा. एचसी राय चौधरी र डा. कालीकिन्कर दत्त हुन् ।
उनी अगाडि भन्छन्, ‘समग्रमा नेपाललाई पर्वता श्रराइन (पर्वतीय देश) भनिन्छ । मधेश होइन । हिन्दू धर्मग्रन्थ मनुस्मिृतिले पनि मधेश कहाँ छ भन्दा प्रयागभन्दा पश्चिम अथवा दिल्ली वरपरको भागलाई मधेश भन्न्ने कुरा लेखकले ‘एन एडभान्स हिस्ट्री अफ इन्डिया’ नामक पुस्तकलाई हावाला दिँदै आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
उनका अनुसार प्रयाग क्षेत्र भारतको जमुुना, यमुुना र सरस्वती गरी ३ वटा नदी मिल्ने संगमस्थल हो । हाल इलाहावाद बसेको स्थानलाई पनि मधेश भनिने गरेको तथ्य लेखकले आफ्नो पुस्तकमार्फत उजागर गरेका छन् ।
उनले हिमालय क्षेत्रबारे पनि तथ्य पेश गरेका छन् । उनी अगाडि थप्छन्, ‘हिमालयको सीमाना कहाँसम्म थियो भन्दाखेरी हिमावत् खण्ड स्कन्द पुराणले पनि उहिलेको शाक्य राज्य हिमावत् खण्डमा पर्थ्यो भनेको छ । गंगा नदीसम्म हिमालय थियो । अहिलेसम्म गुञ्ज, मिन्डेल, रिस, उर्म गरी ४ वटा हिम युग आइसकेको छ । अन्तिम हिमयुग समाप्त भएको १० हजार वर्ष भएको छ । पछि गर्मीले गर्दा तराईको हिउँ पग्लेर सिमसार, दलदल भाग बन्यो । फारसि भाषामा उष्ण अद्रा हावापानी भएको सिमसार, दलदल भागलाई तराई भनिन्छ । बुद्धिष्ट ग्रथदेखि लिएर चिनियाँ यात्रीहरू फायान, वाइनसाङहरूले पनि यो कुरा उल्लेख गरेका छन् कि यो गंगा नदीसम्म हिमालयको तराई हो । यो मधेश नै होइन । मधेशीहरू बस्दैमा मधेश हुने भए बेलायतीहरू संसारभर हिँडेका थिए नि !’
नेपाल र रोमको सभ्यता बराबरै
लेखक चौधरीले भर्खरै बजारमा आएको पुस्तकको भाग–२ बहुप्रतिष्ठित र महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज भएको दाबी गर्छन् । पुस्तक लेख्नलाई ६ वर्ष लागेको बताउने उनी पुस्तकमा धेरै विवादास्पद विषयहरू चिर्दै उठान गरेको बताएका छन् । जस्तो कि जनकपुरमा कसकसले शासन गर्यो ? के–के गरे ? नान्यदेव सिम्रौनगढको राजा) बारे जानकारी समेटिएको बताएका छन् ।
भौगोलिक पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘विश्वको सबैभन्दा पुरानो सभ्यता रोमको सभ्यता हो । जुन इस्वी पूर्व ८ औं शताब्दीको हो । शाक्य राज्य कपिलवस्तुको राजधानी तिलौरा कोटको उत्खनन्, बन्जाराही र लुम्बिनीको उत्खनन्ले यो सिद्ध गरिदिएको छ कि नेपालको सभ्यता पनि इस्वी पूर्व ८ औं शताब्दीको हो । रोमको सभ्यता बराबर हो । इन्डियन पुरातत्वविद्देखि लिएर विभिन्न देशका पुरातत्व विद्ले व्याख्या गरेको तथ्य पुस्तकको दोस्रो भागमा उल्लेख छ ।’
पुस्तकका अनुसार इस्वी पूर्व ५ औं शताब्दीसम्म नेपालको तराईमा २ वटा गणराज्य थियो । नारायणीभन्दा पूर्व राजा जनकको गणराज्य, त्योभन्दा पश्चिम शाक्य गणराज्य थियो । गण भनेको कबिला अवस्थादेखि पूर्वको अवस्था हो । जुन आदिवासीको गणराज्य थियो । त्यतिबेला न मधेशी आएका थिए । न त खसहरू आएका थिए ।
यतिमात्रै नभई पुस्तकमा धनुषादेखि कैलाली कञ्चनपुरसम्म र तराईसँग जोडिएका जिल्ला सिन्धुली, मकवानपुर, पाल्पा, अर्घाखाँची, प्युठान, सुर्खेत, डोटी, डडेल्धुरासम्मको ऐतिहासिक वस्तुस्थिति पनि समेटिएको जनाइएको छ ।
अंग्रेजी भाषा नै किन ?
नेपाली लेखकको पुस्तक नेपाली भाषामा नआएर अंग्रेजीमै किन आयो भन्ने जिज्ञासामा लेखक भन्छन्, ‘हाम्रो सबै इतिहास विदेशीले लेखिदिनुपर्ने ? नेपालीमा लेखेपछि त्यत्तिकै थन्किने । त्यही भएर विदेशीहरू तथा विश्वभरका मानिसले पनि नेपालको इतिहास बुझुन् । हाम्रो किताब पनि आफ्नो सन्दर्भ सामग्री बनाउन् भन्ने उदेश्यले अंग्रेजीमा लेखिएको हो ।’
पुस्तकको भाग–१ को मूल्य ३ हजार ५ सय र भाग–२ को मूल्य ४ हजार रहेपनि बजार माग उच्च रहेको प्रकाशकको दाबी छ । पुस्तककी प्रकाशक शान्ति चौधरीले केही समयमा इन्टरनेटबाट पनि पुस्तक अध्ययन गर्ने व्यवस्था मिलाइने बताइन् । उनले पछिल्लो समय नेपाली पनि अधिकांश पुस्तक नै अंग्रेजीमै पढ्ने बानी बसाल्दै गएको बताउँदै पुस्तकको महत्त्व १० वर्षपछि देखिने निश्चित रहेको विश्वास व्यक्त गरिन् ।
लेखक चौधरीले यसअघि पनि अनुसन्धानमूलक पुस्तक बजारमा ल्याइसकेका छन् । ‘नेपालको तराई र यसका भूमिपुत्रहरू’, ‘स्थवीरहरूको प्राचीन इतिहास र संस्कृति’ र ‘हिडन टे«जर अफ द लो ल्याण्ड नेपाल भाग–१’ सहित १ दर्जन पुस्तक लेखिसकेका छन् ।
अनुसन्धानमा अब्बल लेखक
लेखकको खोजलाई सम्मान गर्दै विभिन्न राष्ट्रिय पुस्कार तथा पदकबाट सम्मानित गरिएको छ । उनलाई नेपाल सरकारले २०६७ सालमा क्षेत्रीय प्रतिभा पुरस्कार, २०७० सालमा राजनीति र दर्शन विधातर्फ पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरिसकेको छ ।
भूूगोल विषयमा स्नातकोत्तर गरेका लेखक चौधरीलाई नेपाल पाज्ञ प्रतिष्ठानले अनुसन्धान विधातर्फ २०७१ सालमा इतिहास सिरोमणी बाबुराम अचार्य पुरस्कार र २०७४ सालमा नेपाल प्राज्ञ मातृ भाषा पुरस्कार प्रदान गरेको छ भने अमरसिंह थापा स्मृति प्रतिष्ठानले २०७४ सालमा राष्ट्रिय विभूति अमर सिंह थापा पुरस्कार र त्रिमूर्ति प्रतिष्ठानले २०६८ सालमा उनले त्रिमुर्ति पुरस्कारले सम्मानित गरिसकेको छ ।
लामो समय प्राध्यापन समेत गरेका चौधरी १ पटक राज्यमन्त्री र १ पटक संविधानसभा सदस्य समेत भइसकेका छन् ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...