कोहलीले गांगुलीलाई पछि पारे

एजेन्सी- भारतीय कप्तान विराट कोहलीले आफ्नो नाममा अर्को एक कीर्तिमान बनाएका छन् । श्रीलंकाविरुद्ध गएराति खेलिएको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।कोहली सचिन र गांगुलीपछि तेस्रो भारतीय ब्याट्स्‌म्यान बनेका छन् जसले विश्वकपमा १ हजार रन पूरा गरेका छन् । 

सचिन तेन्दुलकरले ४४ विश्वकप खेलमा २ हजार २ सय ७८ रन बनाएका छन् भने सौरव गांगुलीले २१ पारीमा १ हजार ६ रन बनाएका छन् । 


Advertisement

शनिवारको खेलमा विराट कोहलीले १२ रन लिँदै भारतीय पूर्वकप्तान सौरव गांगुलीलाई पछि पारेका हुन् । उनी विश्वकपमा चार अंकमा रन बनाउने २० क्रिकेटर हुन् । 


Advertisement

विराट कोहली यस विश्वकपमा लगातार ५ अर्धशतक बनाउने भारतका पहिलो कप्तान र खेलाडी हुन् ।

भारतले श्रीलंकालाई पराजित गरेको म्याचमा रोहित शर्मा र केएल राहुलले शतक बनाएका थिए । 

कमेन्ट गर्नुहोस्