×

NMB BANK
NIC ASIA

इजिप्ट अफ्रिकी कपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोले बालून दोर जित्ने सम्भावना प्रबल

असार २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अफ्रिका कप अफ नेसन्सबाट आयोजक राष्ट्र इजिप्ट प्रिक्वार्टरफाइनलमा दक्षिण अफ्रिकासँग हारेपछि मोहम्मद सलाहले बालून दोर जित्ने सम्भावना क्षीण बनेर गएको छ । 

Muktinath Bank

थेमबिनकोसी लोर्चले अन्तिमतिर गरेको गोलले कायरोमा दक्षिण अफ्रिका विजयी भएर क्वार्टरफाइनलमा पुग्यो । यो प्रतियोगिता सलाहको नेतृत्वमा इजिप्टले जित्ने धेरैले अनुमान गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर इजिप्ट प्रतियोगिताबाट छिट्टै बाहिरिएपछि व्यवस्थापक हाभिएर अगिरलाई बर्खास्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari

अगिरले नै दक्षिण अफ्रिकासँगको भिडन्तअघि इजिप्टका स्टार खेलाडी सलाहले इज्प्टिलाई जिताएर बालून दोरमा दाबी मजबूत गर्ने बताएका थिए । 

Vianet communication
Laxmi Bank

सलाहले आफ्नो क्लब लिभरपूललाई च्याम्पियन्स लीग ट्रफी जिताएपछि घरमा आएर इजिप्टलाई अफ्रिकी कप जिताउन चाहेका थिए । 

यस वर्षको बालून दोरका लागि सलाह, उनका क्लबका साथी तथा नेदरल्यान्ड्सका कप्तान भर्जिल भ्यान डाइक, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो अग्रपंक्तिमा छन् । 

तर रोनाल्डोले युभेन्टसलाई अनि मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लीगको फाइनलमा पुर्‍याउन नसकेपछि राष्ट्रिय टोलीलाई दिलाएको ट्रफीका आधारमा कुनै खेलाडीले बालून दोर जित्ने सम्भावना रहेको संकेत धेरैले दिएका छन् । 

अर्जेन्टिनालाई मेस्सीले कोपा अमेरिकाको फाइनलमा पुर्‍याउन नसकी तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि उनले विवादास्पद रूपमा रातो कार्ड पाएका थिए । 

उनका चिर प्रतिस्पर्धी रोनाल्डोले चाहिँ आफ्नो देशलाई यूईएफए नेसन्स लीगको उपाधि दिलाएका थिए । फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई हराएको थियो । 

रोनाल्डोले सेमीफाइनलमा स्विट्जरल्यान्डविरुद्ध ह्याटट्रिक हानेका थिए । 

युभेन्टसका नयाँ प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई अर्को सीजनमा थप खतरनाक बनाउने रणनीति अपनाउने बताएपछि विपक्षी टीमहरूको होश उडेको छ । 

अघिल्लो सीजनमा रोनाल्डोले युभेन्टसका लागि सबै प्रतियोगितामा गरी २८ गोल हानेका थिए । उनका प्रतिस्पर्धी मेस्सीले भने बार्सिलोनाका लागि ५१ गोल हानेका थिए । 

सलाहले लिभरपूलका लागि २७ गोल गरे तर इजिप्टलाई फाइनलमा पुर्‍याएको भए उनले बालून दोर जित्ने प्रबल सम्भावना हुन्थ्यो । पोहोर साल लुका मोड्रिचले आफ्नो क्लब रियाल मड्रिडलाई च्याम्पियन्स लीग जिताएर अनि देश क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्‍याएर बालून दोर जितेका थिए । 

बालून दोरका अन्य प्रतिस्पर्धीमा लिभरपूलका सादियो माने र एलिसन बेकर पनि छन् ।

क्लबको सीजन शुरू भएपछि खेलाडीहरूले गर्ने प्रदर्शनले पनि बालून दोरको विजेता सुनिश्चित गर्नेछ । 

तर अन्तर्राष्ट्रिय फूटबल उपाधि जितेकाले रोनाल्डोले नै बालून दोर जित्ने प्रबल सम्भावना छ । उनले उपाधि जिते भने प्रतिस्पर्धी मेस्सीभन्दा एक उपाधि बढी हुनेछ ।

आरटीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x