विश्वकपमा पाँच शतक बनाउने रोहित शर्माले बताए सफलताको मन्त्र

काठमाडौं – भारतका ओपनिङ ब्याट्स्म्यान रोहित शर्माले अहिले चलिरहेको विश्वकपमा पाँच शतक बनाएर कीर्तिमान रचेका छन् । भारतले विश्वकप जित्ने अभिलाषा राखेकोमा रोहितले त्यसमा योगदान दिने सम्भावना छ ।

रोहितले पाँच शतक र एक अर्धशतक बनाउने क्रममा कलात्मक तथा आकर्षक ब्याटिङको नमूना प्रस्तुत गरेका छन् ।


Advertisement

रोहितले यो शानदार फर्मको श्रेय जीवनका खुशीहरूलाई दिएका छन् । उनी खुशी छन् भन्ने कुरा उनको ब्याटिङ र मिडियासँगको कुराकानीमै झल्किन्छ । उनमा निकै परिपक्वता देखिन्छ । 

तनावबाट बच्नका लागि उनलाई परिवारले साथ दिने गरेको छ । उनले भने, ‘मेरो परिवारले मलाई क्रिकेटको कुरा गर्नै दिँदैन । क्रिकेटका विषयमा भइरहेको हल्लाखल्लाबाट टाढा बस्ने र वर्तमानमा बस्ने काम गर्छु म । अहिले जे उपलब्धि हासिल गरिरहेको छु, त्यसैलाई अघि बढाउन चाहन्छु किनकि क्रिकेटमा हरेक दिन नयाँ हुन्छ ।’


Advertisement

विवादबाट कसरी बच्नुहुन्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘कुनै पनि खेलाडीका लागि यो चुनौतीको विषय हो । तर प्रत्येक व्यक्ति फरक हुन्छ र कुनै पनि स्थितिका बारेमा तपाईं के सोच्नुहुन्छ भन्ने कुराले यसलाई निर्धारित गर्छ । म विवादबाट टाढा रहन्छु र इंग्ल्यान्डको सुन्दर मौसमको मज्जा लिन्छु ।’

एजेन्सी 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्