
काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग एक सम्झौता गरेको छ ।
बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यसका साथै ग्राहकले ह्याम्स फार्मेसीमा औषधि खरीद गर्दा ५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
देशका ९६ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकलिले आगामी दिनहरूमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ ।