हिलोबाट आजित जनताको आक्रोश– प्रधानमन्त्रीलाई ल्याइदिनुस्, पौडी खेलाएर पठाउँछौं [भिडियो]

अनुपम भट्टराई
अनुपम भट्टराई

भट्टराई लोकान्तर डटकमका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौं – ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र रोपाइँ गर्न मिल्ने जस्तो हिलो राजधानीको चाबहिल–गोकर्ण सडक खण्डको यथार्थ हो यो । 

घाम लाग्दा धूलोधूवाँ अनि पानी पर्दा हिँड्नै मुस्किल पर्ने हिलोले सास्ती निम्त्याएको वर्षौं भइसक्यो । विगत ७ वर्षयता यस क्षेत्रका स्थानीय बासिन्दाले धूलोधूवाँ र हिलोको सास्ती झेल्दै आएका छन् ।


Advertisement

मनसुन शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्ने गरेको छ । स्थानीय मात्र होइन सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राई यही बाटोबाट दैनिक यात्रा गर्छन् । उनले समेत सडकको स्तरोन्नतिमा कुनै योगदान नगरेको स्थानीयको आरोप छ ।

समस्या सामाधान गर्नुको साटो जनप्रतिनिधिहरूबीच नै जुँगाको लडाईं देखिएको स्थानीय वासुदेव खनाल बताउँछन् ।

‘सांसद राई र मेयर (सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका) बीचको जुँगाको लडाईंका कारण सडक स्तारोन्नतिले गति लिन सकेन,’ उनले भने ।

‘उनीहरूका चिल्लो गाडीमा धूलो छिर्दैन भनेर हो ?’ अर्का एक स्थानीयले आक्रोश पोखे ।

स्थानीयको सास्ती र सरकार, जनप्रतिनिधि तथा ठेकेदारविरुद्ध आक्रोश हेर्नुहोस्, भिडियोमा :

फोटो/भिडियो : गगन अर्याल

कमेन्ट गर्नुहोस्