काँग्रेस बैठकः पौडेलदेखि गगन थापासम्मले राखे धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा बसेको छ । 

 आजको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


Advertisement

 बैठकमा— नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गरेको उनले जानकारी दिए । 

बैठकले अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा १७ जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । 

यस्तै काँग्रेसले पीडितको आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ । 

केन्द्रीय कार्यसमितिको अर्को बैठक  असार २९ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 

कमेन्ट गर्नुहोस्