काठमाडौं – इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इरानविरुद्ध युद्ध नचाहने तर सहयोगीहरूले उनलाई भड्काइरहेको बताएका छन् ।
जरीफले एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्प वरिपरि बस्ने मानिसहरू युद्ध चाहने बताएका छन् ।
अघिल्लो हप्ता इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौताअन्तर्गत युरेनियम संवर्द्धनको सीमा कटाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि यसको पुष्टि गरेको छ ।
होर्मुजको जलडमरुमा दुईवटा तेल ट्यांकर विस्फोटको घटना र इरानले अमेरिकाको जासूसी ड्रोन विमान खसाएपछि दुई देशबीच तनाव बढेको छ ।
एजेन्सी