२७ जेठ २०८३, बुधबार

चीनको चिडियाखानाबाट फिल्मी शैलीमा भाग्यो चिम्पान्जी, कर्मचारीलाई लात हान्यो (भिडियो)

चीनको चिडियाखानाबाट फिल्मी शैलीमा भाग्यो चिम्पान्जी, कर्मचारीलाई लात हान्यो (भिडियो)

काठमाडौं – चीनको हेफी वाइल्डलाइफ पार्कमा एक चिम्पान्जी पिँजडाबाट भाग्यो । त्यति मात्र नभई उसले फिल्मी शैलीमा कर्मचारीमाथि पनि आक्रमण गर्‍यो । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

चिम्पान्जीको उमेर १२ वर्ष बताइएको छ । उसले उत्पात मच्चाउँदै यताउता घुमेको भिडियोमा देखिन्छ । कर्मचारीले उसलाई पक्रिन खोज्दा चिम्पान्जीले लात हानेर उसलाई लडायो र कर्मचारी घाइते भयो । 

लात हानेपछि चिम्पान्जी बाहिर निस्कन खोज्यो तर ढोका बन्द भएकाले छतमा चढ्यो । उसलाई नियन्त्रणमा लिन बेहोश बनाउने सुई हानियो । त्यसपछि ऊ बेहोश भयो र उसलाई फेरि खोरमा राखियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्