फेसबूकमा नेपालीहरू कसरी रातारात बने वृद्ध ? यस्तो छ रहस्य

काठमाडौं– सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल अहिले बुढो बनेको तस्वीरहरूले रंगिन थालेको छ । 

सकेसम्म आफूलाई तन्नेरी देखाउन खोज्ने साधारण मानवीय स्वभावलाई समेत चुनौती दिँदै फेसबूकमा सबैलाई कसले बुढो बनाउँदै छ ?


Advertisement

केहीले आफू बुढो बनेको तस्वीर अपलोड गरिसकेका छन् भने यसबारे अनविज्ञ केहीले 'लौ न कसरी बुढो बन्ने ?' भन्ने जिज्ञासा राखिरहेका छन् ।

तपाईंलाई पनि जिज्ञासा लागेको छ ? पक्कै पनि हुनसक्छ ।


Advertisement

यो सबै एउटा एपको कमाल हो । 'फेस एप' नामक उक्त एपमार्फत् तपाईंले आफ्नो तस्वीरलाई बुढो देखाउने मात्र होइन तन्नेरी पनि बनाउन सक्नुहुन्छ । 

त्यसैको प्रयोग गरेर अहिले सबै बुढो बनिरहेका हुन् । उक्त एपमा सामान्य तस्वीरलाई मुस्कान सहितको बनाउने, स्टाइल चेञ्ज गर्ने लगायतका सुविधा छन् ।

अधिकांश नेपाली प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न थालेको हालसालै हो । विदेशमा भने केही अगाडिदेखि नै यसको चर्चा छ ।

कमेन्ट गर्नुहोस्