×

NMB BANK
NIC ASIA

मल नपाएर भारतीय बजार जान बाध्य नेपाली कृषक

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खस्यौली – मलको अभाव भएपछि यहाँका कृषकहरू भारतीय बजार जान बाध्य भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल लिन जाँदा भारतीय प्रहरीले दुःख दिने गरेको उल्लेख गर्दै प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जनताको तटबन्ध कार्यक्रममा टेण्डर भए पनि अहिलेसम्म काम नभएको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सरकारले कृषकको समस्यालाई बेवास्ता गरेको बताए ।

Vianet communication
Laxmi Bank

अर्का सदस्य दीपेश थारूले बर्दियाको केरवा गाउँपालिकामा जङ्गली हात्तीको आतङ्कले ३० घरमा क्षति पुगेको र १० घरपरिवार विस्थापित भएको उल्लेख गर्दै हुलाकी सडकमा पर्ने शक्तिघाट पुलको व्यवस्थापन नहुँदा त्रासको वातावरण सिर्जना भएको बताए । उनले भने, “सरकारी अड्डामा संस्थागत रुपमा भ्रष्टाचार भएको छ, यसको छानबिन गर्नुपर्छ ।”

अर्का सदस्य बसिउद्दिन खाँले रुपन्देहीको भैरहवामा रहेको ज्वेलर्स पसलमा लुटपाट भएको र जनताको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै ग्रामीण भेगमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गरे ।

सदस्य इन्द्रप्रासद खरेलले अनुगमनमा जाँदा केही ठेकेदारले काम नै नगरेको देखिएको जानकारी दिँदै अनुदानको रकम दुरुपयोग भएकोमा चिन्ता व्यक्त गरे ।

त्यस्तै प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सो विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले मुलुकको समृद्धि र आर्थिक उत्पादन वृद्धिका लागि विधेयक आवश्यक भएको बताए ।

प्राइभेट फर्म दर्ता गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य युवराज खनालले आर्थिक स्रोतको व्यवस्थापन गर्न विधेयक आएको धारणा व्यक्त गरे ।

दुवै विधेयकमाथि भएको सैद्धान्तिक छलफलको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले कानूनको स्पष्ट अभाव भएका कारण व्यवसायीलाई पर्ने अप्ठ्यारा फुकाउन र करबाट फाइदा लिन निजी क्षेत्रलाई सहज होस् भनेर विधेयक आएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x