काठमाडौं – आईसीसी विश्वकपको सेमीफाइनलबाट भारत बाहिरिएपछि वेस्ट इन्डीज भ्रमणमा धेरै खेलाडीलाई आराम दिइने कुरा उठेको थियो ।
तर अहिले आरामका लागि छुट्टी नदिइने कुरा आएको छ । कप्तान विराट कोहली तथा अन्य खेलाडी आफैंले शृंखलामा उपलब्ध हुने संकेत दिएका छन् ।
विकेटकीपर महेन्द्र सिंह धोनीलाई चाहिँ अबको दुई महिना आराम दिइनेछ । हार्दिक पाण्ड्या चाहिँ पिठ्युँको समस्या झेलिरहेका छन् । अनि जसप्रीत बुमराहलाई पनि आराम लिन सल्लाह दिइएको छ ।
कोहलीसँगै उपकप्तान रोहित शर्मा समेत अन्य खेलाडी चाहिँ वेस्ट इन्डीजमा हुने तीन टी२०, तीन एकदिवसीय र दुई टेस्ट खेल्न उपलब्ध हुनेछन् ।
विश्वकपमा घाइते भएका शिखर धवन र विजय शंकरको बारेमा कुनै अनुमान आएको छैन ।
रोहितलाई छुट्टी लिए पनि हुन्छ भनिएकोमा उनले खेल्ने नै इच्छा जनाएको बताइएको छ ।
सूत्रहरूका अनुसार, टीम व्यवस्थापन र वरिष्ठ खेलाडीहरूबीच मतभेद छ । विश्वकपमा अपेक्षाअनुरूप प्रदर्शन नभएपछि मतभेद आएको सूत्रको भनाइ छ । तर बीसीसीआईका एक अधिकारीले टीममा मतभेद नरहेको बताए ।
एजेन्सी
लोकान्तर संवाददाता