प्रभु बैंकको दुई आकर्षक बचत खाता सञ्चालनमा

काठमाडौं- प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरूलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाताहरूमा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरूमा निक्षेकर्ताहरूको औषधोपचार बीमा बापत तीन लाख र दुर्घटना बीमा बापत दश लाख रुपैयाँसम्मको जोखिम बैंकले वहन गर्नेछ ।
   
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुविधाले यी दुई बचत खाता योजनाअन्तर्गत खाता हुने निक्षेप ग्राहकहरूले देशका विभिन्न अस्पतालहरूमा भर्ना भई उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरूको उपचार पश्चात बीमा दाबी गर्नसक्ने र अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी  लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्