महालेखाले सूचना लुकाएकोप्रति मन्त्री बाँस्कोटाको टिप्पणी- मिडियाले सूचना लुकाउँदा हामीले त प्रश्न गर्दैनौं !

काठमाडौं– महालेखा नियन्त्रकको कार्यालयलाई अर्थमन्त्रालयले नियन्त्रणमा राखेको प्रसंगमा सरकारका प्रवक्ता एवं सूचना मन्त्री गोकुल बाँस्कोटाले स्पष्टीकरण दिएका छन् ।

नियमित पत्रकार सम्मेलनको क्रममा बिहीवार एक पत्रकारले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले स्पष्टीकरण दिएका हुन् । पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने ‘सूचना लुकाउनु पर्ने कुनै कारण नै छैन । पारदर्शिता हाम्रो प्राथमिकता नै हो । सूचनासित हामीलाई त्यति डर पनि छैन । सूचना त कहिलेकाहिँ मिडियाले पनि लुकाइदिन्छ । किन लुकाइयो भनेर हामीले प्रश्न उठाएका छैनौं ।’


Advertisement

यसअघि आर्थिक वर्षको अन्तिममा आएर बजेटको ठूलो हिस्सा खर्च गरेपछि अर्थ मन्त्रालयले आलोचनाबाट बच्न महालेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा देखिने बजेट सम्बन्धी सूचना लुकाउन लगाएको थियो ।

यसअघि असार २९ सम्म निरन्तर सार्वजनिक हुँदै आएको बजेटसम्बन्धी सूचना महालेखा नियन्त्रकको कार्यालयले पछिल्लो समय लकाएको हो ।


Advertisement

त्यसको सन्दर्भमा सरकारले सूचना नलुकाएको भन्दै सूचनाको हक प्रयोग गरेर पनि सूचना माग गर्न सक्ने अधिकार सबैसँग भएको मन्त्री बाँस्कोटाले बताए । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले पनि सरकारको बचाउ गर्दै अपेक्षा अनुसार नै खर्च गरिएको बताए ।
 

कमेन्ट गर्नुहोस्