मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
साउन ३, २०७६
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानीको धनगढीको सहिद गेटस्थित निलम होटलमा बिहीबार पौने ७ बजे भएको बम बिस्फोटमा परी एक जनाको ज्यान गएको छ ।
धनगढीकै माया मेट्रो अस्पतालमा उपचारको क्रममा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको ज्यान गएको हो ।
बमको छर्राले उनको शरीरको ढाड, खुट्टाको मासुु बाहिर छुट्टिएको थियो ।
उपचारको क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
अन्य घाइतेहरुको उपचार सोही अस्पतालमा भैरहेको छ । उपचाररत होटल सञ्चालक केशवराज पाण्डेको शरीरको पछाडिको भागमा घाउ भएको छ ।
यस्तै कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरेलाको शरीरको कम्मरको भागमा घाउ भएको छ भने धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादवको शरीरका विभिन्न भागमा चोट तथा घाउ देखिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
यसैगरी धनगढीमा टे«क्टर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खानको पनि शरीरको विभिन्न भागमा चोट तथा घाउ देखिएको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त अवस्था रहेको जनाइएको छ ।
प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहको संलग्नता रहेको आशंका गरेको छ । मृतक रामबहादुर सिंहले टिफिन बक्समा फिट गरेको बम झोला राखेर पिठ्युमा बोकेको प्रहरीको आशंका छ । त्यस्तै, घाइते मध्येका लक्ष्मण सेरेलाको पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको आशंका छ । उनीहरु मोटरसाइकलमा आएको र खाजा खान होटलमा बसेका थिए ।
प्रहरीले घटना स्थलबाट एक थान पेस्टोल र एक थान से ७ प ३१४४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यस्तै, बम विस्फोटले होटलको भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।
घटनापछि धनगढीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
यता शंकाको सुइ विप्लव समूहतर्फ सोझिएको बेला सो समूहले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
उनले भने, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...