×

NMB BANK
NIC ASIA

लोकान्तर सम्पादकीय

आत्मघाती बाटो त्याग विप्लव

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच वार्ताको प्रसंग चलिरहेको समयमा बिहीवार कैलालीको धनगढीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विस्फोटको जिम्मा विप्लव समूहले नलिए पनि शंकाको सुई उनीहरूतर्फ नै घुमेको छ । विप्लव नेतृत्वको नेकपा बाहेक अहिले देशमा भूमिगत राजनीति गर्ने समूह छैन । घटनामा विप्लव समूहकै संलग्नता रहेको प्रहरीको आशंका छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीमा बिहीवार भएको विस्फोटको घटना केबल एउटा घटना मात्र होइन, यो प्रवृत्तिको रूपमा दोहोरिँदै गएको छ ।


Advertisment
Nabil box
Kumari

गत जेठ १२ गते काठमाडौंमा भएका श्रृंखलाबद्ध घटनामा विप्लव समूहका नेताको मृत्यु भएको थियो । यस्ता घटनाले विप्लव समूहलाई नै क्षति भइरहेको छ । यस्तै घटनालाई देखाएर ‘फेक इन्काउन्टर’का लागि बल पुगिरहेको छ ।

Vianet communication
Laxmi Bank

अर्कोतर्फ अमूर्त राजनीतिक एजेण्डा सहित भूमिगत राजनीतिमा रुचि देखाइरहेको विप्लव समूहप्रति आम जनतामा वितृष्णा पैदा भइरहेको छ । विस्फोटका श्रृंखला दोहोर्‍याउने आत्मघाती बाटो विप्लव समूहले छाड्नै पर्छ ।

विप्लव समूहसँग सार्थक वार्ताका लागि सरकारले पहल गर्न ढिला भइसकेको छ । नेपालमा भइरहेका विस्फोटका श्रृंखला र गोली काण्डले पाँच महिनापछि शुरू हुने २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत प्रत्यक्ष असर पर्नेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आउने यस्ता विस्फोटका समाचारले पर्यटकलाई नेपालमा आउन प्रेरित गर्नुको सट्टा निरुत्साहित गर्नेछ । पर्यटक भित्र्याउन एउटा ‘आइफा’ अवार्डले गर्ने प्रचार भन्दा एउटा विस्फोटको घटनाले गर्ने नकारात्मक असर ठूलो हुन्छ । तसर्थ विप्लव समूहलाई वार्तामा ल्याएर निकाश खोज्ने काममा सरकारको तदारुकता अति जरुरी भइसकेको छ । 

लुकिछिपी विस्फोट गराउँदै हिँड्दैमा ठूलो राजनीतिक परिवर्तन भइहाल्ने अवस्था छैन भनेर विप्लव समूहले बुझ्न जरुरी छ ।

अवस्था २०५१ सालको जस्तो होइन, सूचना प्रविधिको विकासले अहिले दूर दराजमा भइरहेका गतिविधिबारे राज्य संयन्त्रले तत्कालै खबर पाउछ । यस्तो अवस्थामा विगतको जस्तो भूमिगत सशस्त्र गतिविधि गर्ने र राज्यलाई झुक्याउने भूराजनीतिक अवस्था छैन । न त जनतालाई प्रभावित पार्न सक्ने र्‍याडिकल राजनीतिक एजेण्डा उनीहरूसँग छन् । 

विप्लव समूहलाई राजनीतिक स्पेसको कमी पनि छैन । नाम कम्युनिस्ट पार्टी र झण्डा हँसिया हतौडा भएपनि अहिलेको सत्तारुढ नेकपा ‘नेपाली कांग्रेस’को फोटोेकपी जस्तो चरम पूँजीवादी बन्दै गइरहेको यथार्थलाई विप्लवले बुझ्न जरुरी छ ।

जनजीविकाका मुद्दा उठाउने कम्युनिस्ट पार्टीको अभाव खड्किएको समयमा शान्तिपूर्ण खुला राजनीतिमा अवतरण गर्ने हो भने विप्लव समूहले लाभ लिन सक्ने देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x