मनाइयो ‘टाटा गुरु डे’, ८ सय बढी टाटा गुरु सहभागी

काठमाडौं- टाटा जेन्युन पार्ट्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सले गुरु पुर्णिमाको अवसर पारेर गत असार ३१ गते ‘टाटा गुरु डे’ मनाएको छ ।

सिप्रदीले नेपालमा लगातार दोस्रो पटक टाटा गुरु डे मनाएको हो । उक्त अवसरमा देशभर रहेका ८ सय भन्दा बढी टाटा गुरुहरूबाट कुल १२ लाख ७० हजार ३ सय ४१ अंक कुपन जम्मा भएको कम्पनीले जनाएको छ ।


Advertisement

स्थानीय मेकानिक्सलाई टाटा गुरु बनाउन सिप्रदीले विशेष प्रकारको लोयल्टी प्रोग्राम ल्याएको थियो । उक्त प्रोग्राममा सहभागी हुनका लागी टाटा जेन्युनका कुनै पनि पार्ट्स खरीद गरे पछि उनीहरूलाई सिप्रदीले विशेष प्रकारको कोड उपलब्ध गराएको हुन्छ । कोडको भित्र उनीहरूका लागि स्पेशल कुपनको व्यवस्था गरिएको हुन्छ । सो कुपनमा भएको नम्बर एसएमएस गरेर पठाउनु पर्ने हुन्छ । धेरै एसएमएस गर्नेहरू मध्येबाट ५ जना भाग्यशाली विजेतालाई स्मार्ट फोन लगायतका विशेष पुरस्कार प्रदान गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । 

अन्य दिन भन्दा गुरु डे का दिन गरिएको एसएमएसका लागि दोब्बर अंक प्रदान गरिने व्यवस्था मिलाइएको थियो । केही समयपछि टाटा गुरु सम्मेलनको आयोजना गरी भाग्यशाली विजेता र विभिन्न मेकानिक्सहरूलाई पुरस्कृत गर्ने कम्पनीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्