काठमाडौं – जापानको क्योटो एनिमेसन कम्पनी स्टुडियोमा बिहीवार आगजनी गरेर ३३ जनाको हत्या गर्ने व्यक्तिले आफ्नो आइडिया स्टुडियोले चोरेको आरोप लगाएका छन् ।
ती ४१ वर्षीय व्यक्तिले आगो लगाएर ‘मर्’ भनी चिच्याएका थिए । शुक्रवार प्रहरीसमक्ष साबिती दिँदै उनले आइडिया चोरेको बदलामा आगो लगाएको बताए ।
उनले एउटा बाल्टिनमा पेट्रोल भरेर भवनमा खन्याएका थिए अनि ब्याकप्याकमा थुप्रैवटा चक्कु बोकेका थिए । मानिस नभागून् भनी उनले अगाडिको ढोकामा आगो लगाएका थिए । पेट्रोल, भेन्टिलेसनको अभाव र भवनमा प्रशस्त
कागज भएकाले आगो छिट्टै फैलियो । आरोपित व्यक्ति पनि आगलागीका क्रममा घाइते भए र उनलाई घटनास्थलमा पक्राउ गरियो ।
घटनामा ३३ जना मारिनुका साथै ३६ जना घाइते भएका छन् । तीमध्ये १० जनाको स्वास्थ्यस्थिति निकै गम्भीर छ ।
एजेन्सी
लोकान्तर संवाददाता