एक्सलरेटरलाई ब्रेक भन्ठानेर थिच्ने महिलाले कार लगेर जोतिन् अफिसमा, २ जना घाइते (भिडियो)

काठमाडौं – चीनको दक्षिण भागमा रहेको दोनगुआन शहरमा एक महिलाले आफ्नो कार लगेर एउटा अफिसमा जोतेकी छन् । घटना असार २९ गते भएको हो ।

ती महिलाले एक्सलरेटरलाई ब्रेक भन्ठानेकी थिइन् र अनियन्त्रित गाडी अफिसमा लगेर ठोकेकी थिइन् । 


Advertisement

दुर्घटनामा एकजना व्यक्तिको हाड भाँचिएको छ भने अर्कालाई सानोतिनो चोटपटक लागेको छ ।


Advertisement

कार रोकिएपछि चालिका र अफिसका कर्मचारी भत्केका भित्ता र डेस्कबाट बाहिर निस्कन्छन् ।

सीजीटीएनबाट


 

कमेन्ट गर्नुहोस्