मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बुटवल- सामान ढुवानीमा 'भिसिटिएस सिष्टम' र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरू अव्यवहारिक भएको भन्दै रुपन्देहीका व्यवसायीहरूले शुक्रबार बुटवलमा बिरोध प्रर्दशन गरेका छन ।
रुपन्देहीमा क्रियाशिल व्यवसायीक संस्थाहरूको आह्वानमा शुक्रबार बुटवलका व्यवसायीहरूले र्याली सहित विरोध प्रर्दशन र कोणसभा गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरबाट सुरु भएको र्याली हाटबजारलाइन, अमरपथ, अस्पताललाइन, मिलनचोक राजमार्ग चौराहा हुँदै पुनः ट्राफिकचोकमा आई कोणसभामा परिणत भएको थियो । वर्षा भईरहेको अवस्थामा पनि व्यवसायी छाता ओढेरै र्याली तथा कोणसभामा सहभागी भएका थिए ।
कोणसभामा बोल्ने व्यवसायीक सस्थाका नेताहरूले 'मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)' अव्यवहारीक भएकाले खारेज नभएसम्म वा सरकारले निणर्य गरेर पुनर्विचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए ।
उनीहरूले चरणबद्ध सांकेतिक आन्दोलनको सुनुवाई नभए बन्दका विरोधी व्यवसायीहरू बन्दको आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको सभापतित्व र नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालको सञ्चालनमा भएको कोणसभामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्ष लगायतले बोलेका थिए ।
आन्दोलनरत व्यवसायीहरूले शुक्रबार प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीलाई ज्ञापनपत्र बुझाएका छन । सञ्जालका सदस्य सस्थाका अध्यक्षहरूले मन्त्री गिरीलाई ज्ञापन पत्र बुझाउदै व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने सरकारले वातावरण नै बिगार्ने गरी नयाँ नियम लागु गरेकोले खारेज गर्नुपर्छ भन्ने माग राखेका छन ।
त्यसअवसरमा मन्त्री गिरीले यो बिषय संघीय सरकारको भएकाले मुख्यमन्त्री मार्फत संघीय सरकारसंग पहल गर्ने आश्वासन दिए ।
यसैबीच सञ्जाल रुपन्देहीको शुक्रवार बसेको बैठकले मंगलवारसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सञ्जालले आईतवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई समस्याको जानकारी गराउनुका साथै ज्ञापन पत्र बुझाउने, सोमवार बुटवलस्थित आन्तरीक राजश्व कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा एक एक घण्टा घर्ना दिने र मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देही र आन्तरीक राजश्व कार्यालय भैरहवामा एक एक घण्टा धर्ना दिने निणर्य गरेको छ । रुपन्देहीका व्यवसायीक सस्थाहरूको समूह सञ्जाल रुपन्देहीले हिजो जिल्ला प्रशासन कार्यालयका अतिरिक्त श्रम तथा रोजगार कार्यालय, आन्तरीक राजश्व कार्यालय र राजश्व अनुसन्धान बिभाग मार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...