अन्नतः आइफा नेपालमा नहुने औपचारिक टुंगो लाग्यो

काठमाडौं– आगामी महिना हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा आयोजना नहुने टुंगो लागेको छ।  
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीका अनुसार आयोजक विजार्ड इन्टरनेशनल इन्टरटेनमेमन्टले काठमाडौंमा आइफा नगरिने औपचारिक जानकारी दिएको छ । 
झण्डै ४४ करोड रुपैयाँ नगद, होटल, यातायात, खानेपानीसहितको सुविधामा नेपाल सरकारले १ अर्ब रुपैयाँ बेहोर्नुपर्ने आइफा आयोजकको प्रस्तावका कारण सो समारोह विवादमा परेको थियो । अब आइफा संस्करण दुबई, मुम्बई वा चीनको कुनै सहरमा आयोजना गर्ने तयारी सुरु भएको जनाइएको छ। कान्तिपुर दैनिकमा खबर छापिएको छ।  
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्