पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बुटवल- आम मानिसहरू सर्प देख्नेबित्तिकै मार्ने गर्छन । अझै तराईतिर त विषालु सर्प हुन्छन् । जसको टोकाइबाट मानिसको मृत्यु हुन्छ । त्यस्ता सर्पहरूलाई मानिसहरू जिउँदो छाडदैनन् ।
तर, रूपन्देही एक युवा सर्प संरक्षणमा लागेका छन् । बुटवल–१० रामनगरका ३० वर्षीय कमल देवकोटा विगता दश वर्षदेखि सर्प बचाँउनुपर्छ र यसको माध्यमबाट प्रकृति जोगाउनुपर्छ भन्ने उद्देश्यले सर्प बचाउनुपर्छ भन्ने अभियानमा जुटेका हुन । 'प्राणी शास्त्र'मा मास्टर गरेका देवकोटाले सर्पदंशको महामारी विषयमा मास्टरको डिग्रीको थेसिस गरे ।
त्यसपछि उनलाई सन् २०१३ देखि प्रकृतिलाई बचाइराख्न सर्प बचाउनुपर्छ भन्ने मनैदेखि रूचि जाग्यो । उनले प्राणी शास्त्र अध्ययन गरेकाले प्रकृतिका प्राणीले वातावरण सन्तुलन राख्न ठूलो महत्व राखेका हुन्छन् भन्ने बुझे ।
त्यपछि सर्पको बारेमा शोधपत्र तयार गरेपछि त उनलाई सर्प प्रकृतिको लागि अति आवश्यक प्राणी रहेछ, यसको बढदो नासलाई रोक्नुपर्छ भन्ने सोचाई आयो । त्यसपछि उनले रूपन्देहीकै देवदहमा सर्पसम्बन्धी सर्भे गरेर आम मानिसहरूको सर्पसम्बन्धी धारणा लिए ।
त्यस्तै कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको गाउँमा पनि सर्वेक्षण गरे । त्यस्तै कार्यक्रम तराईका अन्य जिल्लाहरू सर्लाही, सिन्धुली, कपिलवस्तु, धनुषा, महोत्तरीमा पनि गरे । जहाँ सर्पहरू बढी देखिने र मानिसहरूलाई टोक्ने क्षेत्रहरू पर्थे ।
उनले ती जिल्लाहरूमा धेरै मानिसहरूको धारणा के पाए भने सर्पले तोक्दा मान्छेको ज्यान जाने भएकाले सर्पलाई सकभर मार्नुपर्छ । त्यसको एकाध वर्षपछि उनले 'रफड फाउण्डेसनको आर्थिक सहयोगमा रुपन्देहीमा सर्प बचाउ अभियान शुरू गरे ।
उनले रूपन्देहीका ३० भन्दा बढी संस्थागत र सामुदायिक विद्यालयमा पुगेर सर्पबारे सामान्य (बेसिक) ज्ञान, धारणा र प्रयोग र अनुसन्धान गरेर जनचेतनामूलक कार्यक्रम गर्न थाले । त्यस्तै प्रकृति बचाउन सर्पलाई बचाउनपर्छ मार्ने होइन भनेर घरभित्र, विद्यालयभित्र र अन्य कार्यालयमा प्रवेश गरेर सर्प समात्ने र जंगलमा लगेर छाड्ने तालिम दिए ।
त्यस्तै देवकोटाले सर्पको आनीबानी कस्तो हुन्छ ? कस्तो ठाउँमा बस्छ ? आफ्नो आहाराका लागि कुन बेला जमिनबाट बाहिर निस्किन्छ ? भन्ने सबै जानकारी गराउँदै धेरै विद्यालय र गाउँहरूमा पनि सचेतना जगाए ।
सन् २०१६ मा नवलपुरको कावासोतीमा 'नेपाल टेक्सिनोलोजी एशोसिएसन' नामको एक संस्था स्थापना गरी उनीसहित एउटा टिमले सर्पको विषको विषयमा थप अध्ययन/अनुसन्धान थाले । 'सेभ द स्नेक', प्रोजेम्ट म्यानेजर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्पदंश विशेषज्ञ समूहको सदस्य पनि हुन् देवकोटा ।
एशोसिएसनको डक्टर सहितको टीमले सर्पको टोकाइपछि उपचार कसरी गर्ने, सर्प कसरी समान्ते र जंगलमा कसरी लगेर छाड्ने, लगायतका कार्यक्रम गर्न थाल्यो । उनले हालसम्म २ सय भन्दा बढी विषालु र विष नलाग्ने सर्पहरू छोपेर जंगलमा लगेर छाडेका छन् । कही कसैको घरमा सर्प पस्यो भने उनलाई तत्काल फोन आउँछ । उनी भन्छन्, ‘सर्पले मानिसलाई सिधै आएर टोक्दैन । उनले आफू असुरक्षित भएको महशुस गरेपछि मात्र टोक्छ ।’
उनी थप्छन्, ‘जब मानिस झुक्किएर वा जनाजान सर्पलाई चलाउन खोज्छ तब सर्पले आफ्नो प्रतिरक्षा गर्न खोज्दै टोक्न पुग्छ । सर्पलाई समात्न खोज्दा, जिस्काउदा वा मार्न खोज्दा प्रायजसो सर्पदंशको घटना हुन पुग्दछ । सर्पले मानिसलाई टोक्छु भनेर कुरेर बस्दैन । सर्पहरू मानिसलाई देख्दा त सकेसम्म भाग्नै खोज्छन् ।’
सर्पले पनि पृथ्वीमा मानिस जत्तिकै महत्व बोकेको हुन्छ । सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अभिन्न अंग हो । सर्पले स-साना किराफ्टयाङग्रा माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारी आहार खान्छ ।
चिल, बाज, न्याउरीमुसो, मुसो आदि प्राणीहरूले सर्पको र तिनीहरूको अण्डा आहार गर्छ । सर्पले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण र जीवजन्तुहरूलाई फाइदा पुर्याउँछ । सर्पले प्राकृतिक तरिकाले नै यी मुसा र किराफ्टयाङग्रा खाइदिएर एकातिर किसानहरुको उत्पादन बढाइरहने र वातावरण जोगाउन पनि सर्पले ठूलो मद्दत गर्ने भएकोले आफू सर्प बचाउन जुटेको देवकोटाले बताए ।
सर्प बचाउन सबै लाग्नुपर्ने उनी बताउँछन् । सर्प वा सर्पदंशसम्बन्धी कुनै पनि जनचेतनामूलक कार्यक्रममा भाग लिई आफ्नो क्षेत्र वरिपरि पाइने विषालु र अविषालु सर्पका बारेमा सबै जानकार रहनुपने उनको भनाइ छ । उनी भान्छन्, 'आफूले जानेबुझेको भ्रम र सत्यतथ्य केलाई आफ्ना नजिकका मानिसहरुलाई जानकारी गराउनुपर्छ । आफ्ना घर भित्र वा वाहिर वरपर कतै अचानक सर्प देखिएमा त्यसलाई मार्न हुँदैन । बरु तुरुन्त उद्धार गरी केन्द्रमा खबर गरिदिनुपर्छ । बढ्दो सहरीकरण औद्योगिककरण र वन विनाशले अन्य जिवजन्तुहरुका साथै सर्पको पनि बासस्थानमा असर पारी मानिस र सर्पबीच द्धन्द्ध बढन जाने र त्यसले दुवै पक्षलाई हानी गर्ने गर्छ ।'
सर्प बचाऔं, प्रकति जोगाऔ भन्ने अभियानलाई देशव्यापी र अन्य अन्तर्राष्ट्रिय रूपमा पनि हातेमालो गर्न आवश्यक रहेको देवकोटा बताउँछन् ।
विश्वमा ३ हजार ५ सय भन्दा बढी प्रजातिका सर्प पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका सर्प मात्रै विषालु हुन्छन । नेपालमा देवकोटाको टिमले गरेको अध्ययन अनुसार जम्मा ८२ प्रजातिका सर्प छन् । जसमध्ये १८ प्रजातिका सर्पमात्रै विषालु रहेको रेकर्ड छ । नेपालमा १ सय मिटरदेखि ४८ सय मिटरसम्म सर्प पाइन्छन् ।
विश्वमा सबैभन्दा विषालु मानिएको राजगोमन नेपालमा पनि पाइन्छ । नेपालमा वार्षिक २ हजार मानिसलाई सर्पले टोक्छ । जसमेध्ये १ हजारको मृत्यु हुने विभिन्न तथ्याङले देखाउँछ । सर्पले टोकेको बेलामा समय खेर फाल्नु हुँदैन । सर्पलाई समात्ने वा चलाउने गर्नुहुँदैन । टोकेको ठाउँ काट्ने जलाउने वा चुस्ने गर्नुहँदैन । सर्पले टोकेपछि रक्सी पिउनुहुँदैन । खुर्सानी खानुहुँदैन । कुखुराको मलद्धार लगाउनु हुँदैन । विद्युतीय झडका, पोटासियम परम्याग्नेटको प्रयोग, कुनै पनि आयुर्वेद वा अन्य दवाइहरु गर्न नहुने देवकोटाले बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...