विभागले माग्यो अभाव भएका औषधिको सूची

काठमाडौं- औषधि व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधिको सूची चिकित्सकहरूसँग माग गरेको छ । 

विभागले सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधिहरू बजारमा अभाव हुँदा उपचारमा कठिनाइ भइरहेको भन्ने गुनासाहरू आईरहेको भन्दै अभाव औषधिहरूको नाम लिस्ट विभागलाई ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ ।   


Advertisement

अभाव भएको औषधिको नाम विभागको ई-मेल अथवा अन्य कुनै पनि माध्ययमबाट उपलब्ध गराउने सकिने विभागले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्