१५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी शीला दीक्षितको मृत्यु

काठमाडौँ - तीनपटकसम्म भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रहेकी शीला दीक्षितको शनिवार निधन भएको छ । उनको निधन दिल्लीको फोर्टिस एस्कार्ट अस्पतालमा भएको हो ।

केही दिन यता दीक्षित मुटु रोगले ग्रसित थिइन् ।


Advertisement

दीक्षित सन् १९९८ देखि २०१३ सम्म लगातार १६ वर्षसम्म दिल्लीकी मुख्यमन्त्री रहिन् । २०१४ मा उनी केरल राज्यको राज्यपाल बनिन् तर केही महिनामै उनले राजिनामा दिएकी थिइन् ।


Advertisement

२०१९ को लोकसभा चुनावमा दीक्षित दिल्ली प्रदेशको अध्यक्ष बनेकी थिइन् । उनले उत्तर पूर्व दिल्लीबाट लोकसभा चुनाव पनि लडेकी थिइन् । तर हार बेहोरिन् ।

 

कमेन्ट गर्नुहोस्