×

NMB BANK
NIC ASIA

सरुवामा मन्त्री रघुवीर महासेठको कीर्तिमान

साउन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्।

Muktinath Bank

सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र कार्कीलाई हटाएर २०७४ चैतमा मधुसूदन अधिकारीलाई ल्याएका थिए। उनले गत जेठमा अधिकारीलाई हटाएर फेरि कार्कीलाई ल्याए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री महासेठले सडक विभागका तीन जना महानिर्देशक पनि फेरिसकेका छन्। यति छोटो अवधिमा बारम्बार कर्मचारी सरुवाले मन्त्रालयको कामकारबाही प्रत्यक्ष प्रभावित भएका छन्। आफ्नो दबाब नमान्ने विभागीय प्रमुखलाई सरुवा गर्ने गरेको आरोप उनीमाथि छ। महासेठ मन्त्री हुँदा सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देललाई मन्त्रालय तान्दै उनको ठाउँमा २०७५ जेठमा रवीन्द्रनाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो।


Advertisment
Nabil box
Kumari

महासेठले ११ महिनापछि श्रेष्ठको ठाउँमा मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्मालाई महानिर्देशक बनाए। मन्त्रालय र विभागका कर्मचारी मात्र होइन, मन्त्री महासठेले दातृ निकायद्वारा सञ्चालित आयोजनाका कर्मचारी पनि आफू खुसी चलाउन थालेका छन्। उनले आपूmले चाहेको ठेकेदारलाई ठेक्का दिलाउन विदेशी सहायतामा सञ्चालित आयोजना प्रमुख फेरेको सार्वजनिक भएको थियो।अन्नपूर्ण पोस्तमा विस्तृतमा खबर छापिएको छ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x