सरयू नदीको किनारमा २५१ मिटर अग्लो राममूर्ति स्थापना गरिँदै

काठमाडौं – भारतको उत्तर प्रदेश सरकारले अयोध्यामा भगवान् श्रीरामको अग्लो प्रतिमा स्थापना गर्ने निर्णय गरेको छ । प्रतिमाको उचाइ २५१ मिटर हुनेछ ।

अयोध्यामा सरयू किनारमा रहेको १०० हेक्टेयर भूमिमा प्रतिमा स्थापित गरिन लागेको हो । 


Advertisement

सोमवार मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा उच्चस्तरीय कमिटीको बैठक बस्यो । बैठकले यस प्रस्तावमा निर्णय लिएको हो । 

योगीले भगवान् श्रीरामको भव्य प्रतिमा स्थापित गर्ने कार्य तीव्रताका साथ शुरू गर्न आदेश दिएका छन् । प्रतिमा सँगसँगै अयोध्याको समग्र विकासको योजना पनि तयार पार्न उनले निर्देशन दिएका छन् । भगवान् श्रीरामको डिजिटल


Advertisement

संग्रहालय, इन्टरप्रिटेसन सेन्टर, पुस्तकालय, पार्किङ, फूड प्लाजा अनि पर्यटकको सुविधाको व्यवस्था पनि यस योजनामा पारिएको छ । 

प्रतिमा स्थापनाका लागि उत्तर प्रदेश सरकारले गुजरात सरकारसँग प्राविधिक सहायता तथा सुझाव लिनका लागि समझदारी गर्ने भएको छ ।

भगवान् रामको प्रस्तावित प्रतिमाको उचाइ २५१ मिटर छ र यो बनेमा संसारको सबभन्दा ठूलो प्रतिमा हुनेछ । चीनमा स्थापित गौतम बुद्धको प्रतिमा संसारमा सबभन्दा ठूलो छ । त्यो २०८ मिटर अग्लो छ । 

एजेन्सी

कमेन्ट गर्नुहोस्