×

NMB BANK
NIC ASIA

सरेको सर्‍यै नेकपा सचिवालय बैठक, स्कूल विभागका कारण एकता प्रक्रियामै गाँठो !

साउन १२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवार (आज) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कूल विभाग नेतृत्वको विवादमा सहमति जुट्न नसकेपछि सचिवालय बैठक स्थगित गरिएको हो । बैठक सोमवार दिउँसो ३ बजे बस्ने गरी स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

Muktinath Bank

बालुवाटारमा भएको पटक-पटकको अनौपचारिक छलफलले पनि स्कूल विभागको नेतृत्व विवाद हल गर्न सकेको छैन । सहमतिकै लागि भनेर शनिवार अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली बालुवाटारमा ३ घण्टाभन्दा बढी छलफलमा जुटेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षद्वयकै परामर्शमा महासचिव विष्णु पौडेलले आइतवारको सचिवालय बैठक डाकेका थिए । तर आइतवार पनि बैठक स्थगित भएको छ । 


Advertisment
Nabil box
Kumari

सरेको सर्‍यै सचिवालय बैठक 

Vianet communication
Laxmi Bank

गत साउन ५ गते आइतवार बसेको बैठकले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको थियो । विभागहरूको नेतृत्व पनि सोही बैठकले टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर बैठक दुई दिनपछि अर्थात् ७ गते मंगलवार बोलाइयो । 

७ गते बैठक हुनुभन्दा पहिला पूर्व एमालेका शीर्षस्थ नेताहरूबीच बालुवाटारमा घनिभूत छलफल भयो । सँगसँगै प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादीका नेताहरू भेला भए । दुवै पक्षले स्कूल विभागमा आफ्नो दाबी पेश गर्ने गरी सहमति गरेर सचिवालय बैठकमा जाने तयारी गरेका थिए । तर बैठक बस्न सकेन । 

बैठकलाई पुनः ९ गते बिहीवारका लागि सारियो । तर त्यो बीचमा पनि कुनै सहमति हुन सकेन त्यसपछि आजका लागि सारिएको थियो । 

आज पनि सहमति नभएकाले बैठक बस्न नसकेको बालुवाटार स्रोतले जनायो । 

यस्तो थियो असार मसान्तको सहमति 

असार ३१ गते राति अबेरसम्म बसेको बैठकपछि विभाग, जिल्ला इञ्चार्ज र सह-इञ्चार्जका साथै विभिन्न मञ्च र प्रतिष्ठानबारे सहमति भइसकेको र साउन ५ गते बस्ने सचिवालय बैठकले त्यसलाई आधिकारिकता प्रदान गर्ने महासचिव विष्णु पौडेलको भनाइ थियो ।

नेकपाका ६ वटा महत्त्वपूर्ण विभागमध्ये स्कूल, संगठन, नीति तथा प्रतिष्ठान र विदेश विभाग पूर्व एमालेको भागमा र बाँकी रहेका प्रचार र आर्थिक विभाग पूर्वमाओवादीले लिने मोटामोटी सहमति भएको थियो । अन्य २६ वटा विभागमध्ये १४ वटा विभाग एमालेले राख्ने र १२ वटा विभाग पूर्व माओवादीले नै राख्ने सहमति भएको स्रोत बताउँछ । 

साउन ५ गतेको सचिवालय बैठक बस्नुभन्दा अघि पूर्व एमालेका शीर्षस्थ नेताहरू बालुवाटारमा जम्मा भएका थिए । उनीहरूले विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा वरिष्ठ नेता झलनाथ खनाल, संगठनमा वामदेव गौतम र स्कूलमा ईश्वर पोखरेलको नाम अनौपचारिक रूपमा अघि सारेका थिए । 

ती नामहरू साउन ५ गते बसेको सचिवालय बैठकले अनुमोदन गर्न सकेन । पूर्वमाओवादी समूहले स्कूल विभागमा पोखरेलको नाममा सहमति नजनाएपछि विभागका विषयमा नेकपा अनिर्णित बनेको हो । 

विभागका बारेमा अनिर्णित बनेको नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो भने लगायो । बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि कुनै सहमति नभएको दाबी गरेका थिए । 
‘हाम्रो बीचमा छलफल भइरहेको छ तर विभागका बारेमा अहिल्यै कुनै सहमति र निर्णय भएको छैन,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता श्रेष्ठले सहमतिबारेको समाचारको खण्डन गरेका थिए ।

स्कूल विभाग अध्यक्षद्वयले नै राख्ने तयारी 

पेचिलो बनेको स्कूल विभागको विवादकाबीच स्थायी कमिटीका घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरे । वेदुराम तत्कालीन एमालेका स्कूल विभाग प्रमुख थिए भने घनश्याम उपप्रमुख । यद्यपि स्कूल विभागलाई महत्त्वपूर्ण विभाग मानिएकाले सचिवालय वेगर सदस्यको नाममा सहमति हुने सम्भावना न्यून छ । 

पोखरेल र श्रेष्ठ दुवैले आ-आफ्नो दाबी नछाडेपछि विकल्पका रूपमा वरिष्ठ नेता झलनाथ खनालको पनि नाम सतहमा आएको थियो । लोकान्तरसँगको कुराकानीमा खनालले आफूले देश र पार्टी दुवै सम्हालेको अनुभव भएकाले स्कूल विभाग आफ्नो लागि केही नभएको टिप्पणी गरेका थिए । 

यद्यपि खनालको नाममा नीति तथा प्रतिष्ठान विभागमा सहमति भइसकेकाले स्कूल विभाग खनालले लिने विषयमा अध्यक्षद्वयले कुनै छलफल नगरेको स्रोत बताउँछ ।

अन्तिम विकल्पका रूपमा तत्काललाई अध्यक्षद्वयकै मातहतमा स्कूल विभाग राखेर एकता प्रक्रियाका अन्य विषय टुंग्याउने विषयमा सहमति हुन सक्ने बालुवाटार स्रोतले बताएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x