×

NMB BANK
NIC ASIA

निजी क्षेत्रका डाक्टरको भरमा जिल्ला अस्पताल

साउन १४, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

डोटी- चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अस्पतालमा नवौं र दशौं तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा. भूषण मिश्र मात्रै कार्यरत छन् । उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । एमडीजीबी गरेका डा. गिरिश अवस्थी र एमबीबीएस गरेका डा. खुसिद आलम खान रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. भूषण मिश्रले बताए । उनले भने, 'अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथी भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मेहम्मे पर्‍थ्यो ।'


Advertisment
Nabil box
Kumari

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको संख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण रहेको छ । 

Vianet communication
Laxmi Bank

अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ शैय्या मात्रै स्वीकृत छ । सरकारले ५० श्ययाका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० शैय्याको अस्पतालको माग गरिएपनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० शैय्याको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो अस्पताल नभएकाले सरकारको तत्कालै ध्यान दिइ स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा. गिरीश अवस्थीले बताए ।

उनले भने, 'संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन । स्वीकृति दिँदा राम्रो हुनेछ ।' उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज पठाउर्नुपर्ने अवस्था छ । 

संरचना तयार भइसक्दा अस्पताललाई स्वीकृति नदिनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णराज जोशीले बताए । डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जग्गा वर्षौंदेखि अलपत्रमा परेको छ । दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको उक्त क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जमिन प्रयोगमा नआउँदा बर्सेनि गौचरनमा परिणत हुँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x