×

NMB BANK
NIC ASIA

भागबण्डामा अल्झियो सत्यनिरूपणको काम, 'रबर स्ट्याम' बन्यो सिफारिस समिति

साउन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलबीच भागबन्डा नमिल्दा अन्योल वढेको छ । दुई आयोगको म्याद सकिएको झन्डै ६ महिना पुग्दासम्म पूर्णता पाउन सकेको छैन ।

Muktinath Bank

नेकपा र नेपाली कांग्रेसबीच मतभेदका कारण अझै केही समय दुई आयोगको पूर्णता नपाउने सम्भावना देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउने गरी सहमति खोज्न खोज्दा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले मानेनन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति राखेपछि एक साताअघिदेखि दुई आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको काम रोकिएको छ ।

Vianet communication
Laxmi Bank

संक्रमणकालीन न्यायको विधि तय हुन नसक्दा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा तीन महिनाअघि गठित समिति ‘रबर स्टयाम्ब’जस्तो बनेको खबर राजधानी दैनिकले छापेको छ ।

शान्ति प्रक्रियालाई नेपालले आफ्नै विधि र प्रक्रियामा टुंग्याउने विषयमा निचोडमा दलहरु पुग्न नसकिरहेका बेला चार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा शान्ति प्रक्रिया विफल भएको भन्दै विज्ञप्ति निकाले । राष्ट्रसंघ, युरोपियन युनियनलगायतले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको भनी आलोचना गरे ।

केही समयअघि एमनेस्टि इन्टरनेसनलसहित चार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विज्ञप्ति निकालेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँडेर नेतालाई हेगमा पुर्‍याउने षडयन्त्र भइरहेको बताएका थिए । प्रचण्डको बुझाइमा एकैपटक चार अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेर नेपाल शान्ति प्रक्रियामा असफल भयो भन्नुमा नेपाललाई पुनः शान्ति हुन नदिनका लागि विदेशी नियोग लागिरहेका छन् ।

पीडित भन्छन्, ‘न्याय पाउने आशा नै मरिसक्यो ।’ तर, यता सशस्त्र द्वन्द्वका पीडितले भने नेपालका राजनीतिक दलको अर्कमण्यताका कारण आफूहरूले न्याय नपाएको बताउँछन् । ‘यति लामो समयसम्म हामीले न्याय नपाउनुमा राजनीतिक दलहरूकै हात छ,’ द्धन्द्धपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी भन्छन्, ‘पीडितहरूलाई गलाउने, थकाउने र अन्तिममा सहमति खोजेर शान्ति प्रक्रिया टुंग्याउने खोजे त्यो राजनीतिक दलका लागि दुर्भाग्य हुनेछ ।’

१५ वर्षसम्म पनि न्याय नपाउनु भनेको न्याय नदिनु सरह भएको पीडितको बुझाइ छ । पीडितलाई न्याय दिनुभन्दा पनि आयोगलाई जागिर खाने थलो बनाउन मात्रै खोजेको पीडित बताउँछन् ।

मुख्य काम मिलेर सम्पन्न गरेका कांग्रेस र कम्युनिस्ट पार्टीबीच दूरी बढेसँगै शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायिक प्रक्रिया धरापमा पर्न सक्ने जोखिम छ । यस्तो जोखिम यो प्रक्रियामा अहिले मुखरित भएको अन्तर्राष्ट्रिय चासो र ‘संक्रमणकालीन न्यायिक संयन्त्र’ का रूपमा रहेका आयोगको समयावधि सकिनु र पदाधिकारी सिफारिस गर्न नसक्नुले दबाब सिर्जना गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x