×

NMB BANK
NIC ASIA

ट्रमामा छट्पटाउँदै सुकेधारा विस्फोटका सैलुनवाला : न प्रहरीले पुष्टि गर्न सक्यो, न छाड्यो !

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– जेठ १२ गते सुकेधारा विस्फोटमा परी घाइते भएका छोटु ठाकुर संघर्षको लामो बाटो हिँडेर सैलुन मालिक भएका थिए । यतिबेला उनीसँग आफ्नो भन्ने केही छैन । ट्रमा सेन्टरको छैटौं तलामा छटपटाएको दुई महिनाभन्दा बढी भइसक्यो । अस्पतालले डिस्चार्ज गरे पनि घर फर्किएका छैनन् । भन्छन्, ‘सबथोक सकियो, अब कहाँ जाऊँ ?’

Muktinath Bank

ट्रमा सेन्टरको छैटौं तला । अप्रेसन गरेका बिरामी अधैर्यपूर्वक घर फर्किने दिन कुरेर बसिरहेका छन् । अस्पतालको दक्षिणपट्टि भित्तामा टाँसिएको पोस्टरमा लेखिएको छ, ‘गेट वेल सुन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिस्तारै निको हुँदै गइरहेका बिरामीको अनुहारमा खुसी फक्रिन थालेको देखिन्छ । बेड नम्बर ६३० का छोटु ठाकुरको मुहारमा भने निराशाको बाक्लो बादल मडारिइरहेजस्तो देखिन्छ । स्वास्थ्यमा उल्लेख्य सुधार आइसक्दा पनि उनी खुसी हुन सकिरहेका छैनन् । महोत्तरी गौशालाका ५६ वर्षीय उनलाई डाक्टरले डिस्चार्ज गरेको ५ दिन भइसक्यो तर घर फर्किएका छैनन् । फर्केर कहाँ जाने, कुनै टुंगो छैन ।


Advertisment
Nabil box
Kumari

सबैजसो बेडमा सुतिरहेका बिरामीको छेउमा आफन्त वा परिवारका सदस्य झुम्मिएका छन् । उनीहरू सुस्त–सुस्त स्वरमा सुखदुःख साटिरहेका देखिन्छन् । छोटुको बेडछेउमा अनौठो शून्यता छ । उनका कुरुवा छैनन् । काठमाडौंमा बसेर ११ कक्षा पढ्दै गरेकी छोरी दिन बिराएर आउँछिन्, एकाध घण्टा कुर्छिन् र फर्किन्छिन् । महोत्तरीबाट आएका छोरा केही दिन कुरेर फर्किए । श्रीमती पनि केही दिन कुरेर घर सम्हाल्न फर्किइन् । केही दिन अघिसम्म उनको बेडछेउमा चौबिसै घण्टा केही प्रहरी घुमिरहेका हुन्थे । तिनले कुर्न छाडेको पनि एक साताभन्दा बढी भइसकेको छ ।

Vianet communication
Laxmi Bank

छोटु प्रहरीको निगरानीमा किन परे ? उनी किन दुई महिनायता अस्पतालको बेडमा पल्टिरहेका छन् ? यो कथा जान्न जेठ १२ गतेको घटनातर्फ फर्किनुपर्छ ।

उक्त दिन अपराह्न काठमाडौंका अनामनगर र सुकेधारामा झन्डै दस मिनेटको अन्तरमा विस्फोट भयो । नेत्रविक्रम चन्द समूहले १३ गते घोषणा गरेको बन्दको अघिल्लो साँझ शक्तिशाली विस्फोट भएको हो । अनामनगरस्थित लोकमञ्जरी कार्कीको घर र सुकेधारास्थित सैलुनमा भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भयो । घाइते भएका ३ जना अहिले पनि उपचार गराइरहेका छन् । तिनैमध्येका एक हुन्, विस्फोट भएको सैलुनका मालिक छोटु । पाँच दिन आईसीयूमा उपचारपछि उनी होसमा फर्केका थिए । त्यसयता दुई महिनाभन्दा लामो समय ट्रमा सेन्टरको बेडमा पल्टिरहेका छन् ।

सुकेधारा विस्फोटमा दुई जनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । मृतकहरू दिपिन विक, गोकुल रानामगर, निरन्तर मल्ल र रामकुमार श्रेष्ठ तथा घाइतेहरू हरि खडका र सुरेन्द्र महर्जन चन्द समूहका नेता–कार्यकर्ता भएको प्रहरीले पुष्टि गरिसकेको छ । घटनालगत्तै प्रहरीले छोटु पनि चन्द समूहमा आबद्ध रहेको हुन सक्ने आशंकमा निरन्तर निगरानीमा राखेको थियो ।

दुई महिना बितिसक्दा पनि प्रहरीले उनको संलग्नता पुष्टि गर्न नसकेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x