‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न फेसबुकमा भ्रमण वर्षको लोगो राखेर प्रचार गर्न सर्वसाधारणलाई आग्रह

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० सफल पार्न सहयोग गर्न भन्दै समाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न आह्वान गरेको छ ।

मन्त्री योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेका हुन् ।


Advertisement

अर्थ तन्त्रको महत्वपुर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले आगामी वर्ष भ्रमण वर्ष २०२० सफल पार्न सबै तह तप्काबाट सहयोग हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Advertisement

पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि विश्वभरि नै रहेका नेपालीहरुले प्रयोग गर्न फेसबुक, ट्वीटर, इन्स्टाग्राममा भ्रमण वर्ष २०२०को लोगो राखेर प्रचारप्रसार गरिदिन विज्ञप्तिमार्फत् आह्वान गरिएको छ ।

कमेन्ट गर्नुहोस्