२६ जेठ २०८३, मंगलबार

राहुलले राजिनामा दिएपछि सोनिया कांग्रेसको अन्तरिम अध्यक्ष

राहुलले राजिनामा दिएपछि सोनिया कांग्रेसको अन्तरिम अध्यक्ष

नयाँ दिल्ली- भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ । शनिबार राति भएको काङ्ग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्ष चयन गरेको हो ।

भारतमा अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले देशव्यापी विजय हासिल गर्दै भारतीय काङ्ग्रेसलाई किनारामा पु¥याएपछि हारको जिम्मेवारी लिँदै नेता राहुल गान्धीले अध्यक्षको पदबाट जुलाईमा राजिनामा दिएपछि रिक्त पदमा पुनः ७२ बर्षीया पूर्व अध्यक्ष सोनिया गान्धीलाई सर्वसम्मतरूपमा अन्तिरिम अध्यक्ष चयन गरिएको हो ।

सन् १९९८ देखि भारतीय काङ्ग्रेसको नेतृत्व सम्हालेकी सोनियाको उत्तराधिकारीका रूपमा सन् २०१७ को डिसेम्बरदेखि राहुलले नेतृत्व गर्नुभएको थियो । छोरा राहुलभन्दा पहिले सोनियाले भारतीय पूर्व प्रधानमन्त्री तथा आफ्ना पति राजिब गान्धीको उत्तराधिकारीका रूपमा काङ्ग्रेसको नेतृत्व सम्हाल्दै आउनुभएको थियो । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्