कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – जम्मु–कश्मीरका विपक्षी नेताहरू उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई धारा ३७० हटाइएपछि गत साता हरि निवास महलमा हिरासतमा राखिएको थियो ।
अधिकारीहरूका अनुसार, सँगै बस्ने क्रममा उनीहरूबीच विवाद अत्यधिक बढेपछि छुट्ट्याउनुपरेको थियो । उनीहरूले राज्यमा भारतीय जनता पार्टीलाई भित्र्याएको विषयमा विवाद गरेका थिए ।
यसक्रममा उमरले महबूबालाई गाली गर्दै उनका दिवंगत पिता मुफ्ती मोहम्म्द सईदमाथि भाजपासँग सन् २०१५ र २०१८ मा गठबन्धन गरेको भन्दै व्यंग्य कसे । सूत्रहरूका अनुसार, दुई नेताले बाझाबाझ गरे असन त्यहाँ उपस्थित कर्मचारीले त्यो सुने । पीडीपी अध्यक्ष महबूबाले नेसनल कन्फेरेन्स उपाध्यक्ष उमरलाई मुखभरिको जवाफ फर्काइन् ।
महबूबाले उमरलाई फारुक अब्दुल्लाको गठबन्धन अटल बिहारी वाजपेयी सरकार हुँदा भाजपासँग गठबन्धन गरेको कुरा सुनाइन् । महबूबाले उमरका हजुरबुवा शेख अब्दुल्लालाई पनि सन् १९४७ मा जम्मु–कश्मीर भारतमा विलयका लागि जिम्मेवार ठहर्याइन् ।
अधिकारीहरूले दुवैबीच विवाद बढेपछि उनीहरूलाई फरक राख्ने निर्णय लियो । उमरलाई महादेव पहाडीनजिक चेश्माशाहीमा वन विभागको भवनमा राखिएको छ भने महबूबा हरि निवास महलमै छिन् । झगडा हुनुअघि उमर हरि निवासको भुइँतल्लामा थिए भने महबूबा पहिलो तल्लामा । हरि निवास महल आतंकवादीहरूलाई केरकार गर्नका लागि प्रयोग गरिने ठाउँ हो ।
दुवै नेताहरूलाई जेलको नियम र नेताहरूको ओहदाका हिसाबले खाना खान दिइएको एक अधिकारीले बताए । महबूबाले ब्राउन ब्रेड खाने इच्छा व्यक्त गरेकी थिइन् तर जेलको मेन्यूमा त्यो उपलब्ध नभएकाले उनलाई ब्रेड दिइएन ।
एजेन्सी
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...