काठमाडौं – उत्तर कोरियाकी २२ वर्षीया पाङ उन सिमको स्मरणशक्ति अद्भुत छ ।
उनी जम्मा १८ सेकेन्डमा पाँच हजारभन्दा बढी अंक याद गर्न सक्छिन् । अनि एक मिनेटभन्दा कम समयमा उनी तासको पूरा गड्डी (५२ पत्ता) को क्रम याद गरेर फिटिसकेपछि पनि त्यसलाई त्यही क्रममा फेरि मिलाउन सक्छिन् ।
सन् २०१८ को डिसेम्बरमा उत्तर कोरिया पहिलोपटक वर्ल्ड मेमोरी च्याम्पियनशिपमा भाग लिन पुग्यो । त्यसमा पाङले देशको प्रतिनिधित्व गरिन् । कोरियाली टोलीले सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक हात पारेको थियो ।
पाङ भन्छिन्, ‘यो सजिलो छैन । तर तपाईंले निश्चित समयमा राम्रो कोशिश गर्नुभयो भने कुरा याद गर्न सहज हुन्छ । यसमा आनन्द आउन थाल्यो भने यो सरल छ ।’
च्याम्पियनशिपमा पाङ समग्रमा दोस्रो स्थानमा रह्यो । उनले ५ हजार १ सय ८७ बाइनरी नम्बर र १ हजार ७ सय ७२ पत्तालाई एक घन्टामा मिलाइन् ।
पाङसँग तासका पत्ताहरूको एक गड्डीलाई पुरानै क्रममा मिलाउन जम्मा १७.६७ सेकेन्ड लगाउने कीर्तिमान छ ।
च्याम्पियनशिपको एक इभेन्टमा ६० मिनेटमा सकेसम्म धेरै शब्द याद गर्न लगाइन्छ । तिनमा शीर्ष पाँच खेलाडीमा तीनजना उत्तर कोरियाका थिए । तीमध्ये दुईले विश्व कीर्तिमान तोडे । पाङले ३ हजार २ सय ४० अंक ल्याइन् ।
उत्तर कोरियाली टोलीका प्रशिक्षक चा योङ होका अनुसार, स्मरणशक्तिका प्रविधिहरू बालबालिकालाई मिडल स्कूलबाट सिकाउन थालिन्छ । कुराहरू या दगर्नका लागि भावना, स्वाद। ग्ति, कल्पना र श्लोकहरूको उपयोग गरिने उनले बताए ।
एजेन्सी