मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
साउन २८, २०७६
जनकपुरधाम – धनुषाको हंशपुर नगरपालिकाका प्रमुख (मेयर) रामज्ञान मण्डलले केन्द्र रहेको ठाउँबाट कार्यालय अन्यत्रै सारेपछि विवाद उत्पन्न भएको छ ।
नगरपालिकाको केन्द्र वडा नम्बर २ बघचौडामा रहेकै अवस्थामा मेयर मण्डलले कार्यालय वडा नम्बर ३ बेल्हीचोकमा सारेपछि विवाद बढेको छ । मेयरले अवैधानिक काम गरेको भन्दै उपमेयर रेणु झा नै प्रतिवादमा उत्रिएकी छन् ।
कार्यालय सार्ने विषयमा विवाद हुँदा विगत २४ दिनदेखि नगरपालिकाको कामकाज प्रभावित भएको छ । मेयर–उपमेयर दुवैले राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव जितेपछि हाल सत्तापक्ष–प्रतिपक्षझै झगडा देखिएको छ ।
साविक बघचौडा गाविसको कार्यालय भवनमा नगरपालिकाको कार्यालय रहेपनि भवन अपर्याप्त रहेको भन्दै मेयर मण्डलले २ किलोमिटर पूर्व अर्कै वडामा कार्यालय सार्न खोजेका छन् । कार्यालय सार्नुअघि नगर सभाको दुईतिहाइबाट नगरपालिकाको केन्द्र सार्नुपर्ने र संघ सरकारले राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने प्रक्रियालाई मेयरले नजरअन्दाज गरिरहेका छन् ।
गत साउन ३ गते राति ९ बजे बेल्हीचोकका स्थानीय अहमद नदाफको घरमा प्रमुख मण्डलले कार्यालयको साइन बोर्ड झुण्ड्याउँदै राष्ट्रिय झण्डा समेत फहराएर कार्यालय उद्घाटन गरेका थिए । मासिक ३० हजार रुपैयाँ भाडा दिने गरी नदाफको घरको दोस्रो तल्ला भाडामा लिइएको छ । नगरपालिकाको आफ्नै भवन नबन्दासम्म १ वर्षका लागि ११ सटर भाडामा दिइएको घरधनीका छोरा गुलाम नदाफले बताए ।
मेयर मण्डलले साविकको केन्द्रमा भवन र कोठाको अभाव भएका कारण कार्यालय अन्यत्र सारेको दाबी गरे । ‘बेल्हीचोकमा कार्यालय सार्ने भनेर कार्यपालिकाले निर्णय गरेको छ,’ उनले भने । तर नगरपालिकाको केन्द्र भएको ठाउँबाट अर्कै वडामा कार्यालय सार्ने अधिकार कार्यपालिकालाई समेत हुँदैन । पालिकाको केन्द्र रहेको ठाउँबाट अन्यत्र कार्यालय राख्न सबैभन्दा पहिला केन्द्र परिवर्तन गर्नुपर्छ ।
बेल्हीमा कार्यालय सञ्चालन गरिएको खबर पाएलगत्तै उपप्रमुख झाले साविकको केन्द्र बघचौडामा सञ्चालित लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । ‘राति १० बजे अन्यत्र कार्यालय सारिएको भन्ने खबर आएपछि ताला लगाएकी हुँ,’ उपप्रमुख झाले भनिन्, ‘विना कुनै जानकारी कार्यालय सार्ने काम गरियो, कागजात लिएर जालान् भन्ने सोचेर ताला लगाएकी हुँ ।’
गत आर्थिक वर्षको अन्त्यमा असार ३१ गते बजेट भुक्तानी गर्दा भएका अनियमितता तथा भ्रष्टाचार ढाकछोप गर्न तथा जनताको ध्यान अन्यत्र मोड्ने नियतका साथ मेयरले कार्यालय सार्ने काम गरेको उपमेयर झाको आरोप छ ।
‘गत आर्थिक वर्षमा नगरपालिकामा रहेका विद्यालयको विद्यार्थीको दिवा खाजा, छात्रवृत्ति वितरण गरिएन, सामाजिक सुरक्षा भत्ता वितरण गरिएन । आर्थिक वर्ष २०७४/०७५ मै काम गरिएको योजनाको उपभोक्ता समितिलाई रकम वितरण गरिएको छैन,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/०७६ मा समेत कतिपय योजनाको भुक्तानी वितरण नगरिएपछि उपभोक्ता समितिको ध्यान मोड्ने उद्देश्यले केन्द्र सार्ने बखेडा प्रमुख मण्डलले झिकेका छन् ।’
नगरपालिकाको कार्यालय सार्ने विवाद बढेर झडप समेत भइसकेको छ भने बघचौडाका १ दर्जन सर्वसाधारण घाइते समेत भएका छन् । मेयर मण्डलले सुरक्षाकर्मीसहित आएर बघचौडाबाट कार्यालयका सामान लैजान खोजेको र उपमेयर झाले रोक्न खोजेपछि झडप भएर गाउँले घाइते भएका हुन् ।
२०७५ जेठ १३ गते कार्यपालिकाको बैठक बसेर घर भाडामा लिएर कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले बताए । उनका अनुसार निर्णयलाई २०७५ असार १४ गते नगर सभाको बैठकबाट अनुमोदन समेत गरिएको थियो । २०७६ साउन ३ गते कार्यपालिकाको बैठकबाट हंशपुर नगरपालिकाको वडा नम्बर ३ बेल्ही चोकमा स्थानीय अहमद नदाफको घर भाडा लिएर सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यालय सार्ने विवादले कामकाज प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ को १ करोड ८२ लाख रुपैयाँ र आर्थिक वर्ष २०७५/०७६ को ५ करोड रुपैयाँ रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ । योजनाको कार्य सम्पन्नताको प्राविधिक मूल्यांकन नगरिएको, तत्कालीन प्रशासकीय अधिकृतले प्रमाणीकरण समेत नगरेका कारण भुक्तानी नगरिएको यादवले बताए । २ ठाउँमा कार्यालय भएपछि नयाँ ठाउँबाट समेत काम हुन नसकेको उनले बताए । ‘कर्मचारीहरू नयाँ सारिएको कार्यालयमै गएर हाजिरी गरिरहेका छन्, अस्थायी दर्ता चलानी भएपनि सेवाग्राहीलाई दिनुपर्ने भएपनि सेवा दिन सकिएको छैन,’ उनले भने । मेयर मण्डलले नयाँ कार्यालयमा फर्निचरदेखि अन्य सामग्री खरिद गरिसकेका छन् । नयाँ कार्यालय व्यवस्थापनमा भएको खर्चबारे बेखबर रहेको प्रशासकीय अधिकृत यादवले बताए ।
कार्यालयलाई खर्च गर्ने अख्तियारी नआएकाले नगरपालिकाबाट खर्च नगरिएको यादवले बताए । कार्यालय व्यवस्थापनका लागि वडाध्यक्ष उदय सिंहले सामग्री जुटाइरहेका जनाइएको छ । ‘अहिले तत्काल कोटेसन दिएर काम गराइरहेको छु, एसी लगाउने तथा अन्य थप फर्निचर जडान गर्ने काम बाँकी नै छ,’ उनले भने । कार्यालयमा करीब ५ लाख रुपैयाँ खर्च हुने वडाध्यक्ष सिंहले अनुमान गरे ।
नयाँ कार्यालय सारिएको बेल्हीमा बैंक, प्रहरी चौकी लगायत सुविधाका साथै नगरपालिकाका लागि २२ कठ्ठा जग्गा समेत उपलब्ध रहेको र अन्य वडाको लागि पनि बीचमा पर्ने बेल्हीका स्थानीयको माग छ । तर हाल केन्द्र रहेको बघचौडामा पनि २२ कठ्ठा जग्गा उपलब्ध रहेको, अहिले पनि कार्यालय सञ्चालन गर्नका लागि ११ वटा कोठा सहितको भवन रहेकाले बघचौडामा नै केन्द्र कायम हुनुपर्ने वडाध्यक्ष उदय साह, वडा नम्बर ४ का अध्यक्ष किशोरी यादव र उपप्रमुख झाले दाबी गर्दै आएका छन् ।
‘गत वर्ष बघचौडामा नै कार्यपालिका भवन निर्माण गर्नका लागि टेन्डर समेत आह्वान गरिएको थियो,’ उपप्रमुख झाले भनिन्, ‘प्रमुख मण्डलले षड्यन्त्र गरेर टेन्डर नै रद्द गरिदिए ।’
कार्यालय सार्ने विवाद बढ्दै गएपछि समस्या समाधानका लागि जिल्ला समन्वय समितिको प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा अनुगमन समिति समेत बनाइएको छ । समितिले साउन २७ गते स्थलगत अवलोकन समेत गरेको छ । केही दिनभित्रै प्रतिवेदन तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाइने अनुगमन समितिका संयोजक यादवले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...