×

NMB BANK
NIC ASIA

विद्युत चुहावट १० प्रतिशतले घट्यो, प्राधिकरण डेढ सय प्रतिशत नाफामा

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपालको विद्युत चुहावट तीन वर्षमा करिब १० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७५/०७६सम्म आइपुग्दा विद्युत चुहावट १० दशमलव ४६ प्रतिशतले घटेको हो ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्ष २०७२/०७३मा विद्युत चुहावट कूल उत्पादनको २५ दशमलव ७८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७५÷०७६मा उक्त चुहावट १५ दशमलव ३२ प्रतिशत कायम भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५मा उक्त विद्युत चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो । पछिल्लो समय विद्युत चुहावट घट्नु सन्तोषजनक रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका सचिव दिनेश घिमिरेले तीन वर्ष अघिको तुलनामा पछिल्लो समय उल्लेखनीय उपलब्धी भएको बताए । ‘तीन चार वर्ष अघिको स्थिति हेर्दा अहिलेका हाम्रा उपलब्धी साँच्चिकै उल्लेखनीय छन्,’ उनले भने, ‘उत्पादन, वितरण र व्यापारको क्षेत्रमा उल्लेखनीय उपलब्धी भएपनि गर्व गरेर खुसी भएर बस्नु पर्ने अवस्था अझै छैन ।’

Vianet communication
Laxmi Bank

७८ प्रतिशतमा विद्युत पहुँच

मन्त्रालयले मंगलवार सार्वजनिक गरेको वार्षिक प्रगति अनुसार ७८ प्रतिशत जनसँख्यामा विद्युत पहुँच पुगेको उल्लेख गरिएको छ ।

विद्युत प्राधिकरणका ४५ लाख ग्राहक भएका र ती ग्राहक अन्तरगत करिब २ करोड ३० लाख नेपाली विद्युतको पहुँचमा पुगेको मन्त्रालयका सचिव घिमिरेले बताए । ‘४५ लाख विद्युतका ग्राहक हुन्’ उनले भने, ‘एउटा ग्राहक अन्तरगत औषतमा ५ देखि ६ जनाले विद्युतको उपभोग गरिराखेका छन्, ।’

नाफा १ सय ४९ प्रतिशतले बढ्यो

गत आर्थिक वर्ष २०७५/०७६मा नेपाल विदुत प्राधिकरणको खुद मुनाफा ७ अर्ब २० करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५मा प्राधिकरणको मुनाफा २ अर्ब ९० करोड रहेकोमा गत आर्तिक वर्षमा १ सय ४९ प्रतिशतले मुनाफा वृद्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

त्यस्तै गत आर्थिक वर्षमा कूल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

उक्त उपलब्धतामध्ये २ अर्ब ५५ करोड युनिट प्राधिकरणको उत्पादन, २ अर्ब १९ करोड युनिट निजी उत्पादकहरुको र २ अर्ब ८१ करोड युनिट आयातित रहेको छ ।

कूल उपलब्ध विद्युतमा ३७ प्रतिशत आयातित विद्युत, ३४ प्रतिशत प्राधिकरणको उत्पादन तथा २९ प्रतिशत निजी उत्पादकहरुको रहेको प्राधिकरणको तथ्याङ्क छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x