मौलाउँदै गरेको विकृति नियन्त्रण गर्छौं : मन्त्री अर्याल

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छन् ।

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 


Advertisement

लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तै-उस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन् राम्रो हुनुपर्नेमा केही समस्या उत्पन्न हुँदै गएको बताइन् ।


Advertisement

तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने उनको भनाइ थियो । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरू विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, उनले भनिन्, ‘अब सिस्टमबाटै समस्या समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याऔं ।’

आज धेरै संरचनाहरू निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन् । उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।’ 

कमेन्ट गर्नुहोस्