टोलटोलमा लोपोन्मुख रञ्जना लिपि प्रशिक्षण

काठमाडौँ - लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ ।

रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो ।


Advertisement

समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई जनमानसमा जानकारी दिने र लिपिका बारेमा व्यापक प्रचारप्रसार गर्ने अभिप्रायले गत जेठ ३२ गते स्थानीय लाय्कु परिसरमा ५० जना, असार २८ गते दिगुटोलमा १५० र यही साउन २५ गते चपाचोमा २३० जनालाई लिपिका बारेमा प्रशिक्षण दिइएको छ ।

उनले आगामी दिनमा समूहले गुङ्गचिवा, बाहाखा बजार, नगदेश र बोडेका विभिन्न टोलमा गई प्रशिक्षण दिने योजना रहेको जानकारी दिए । लिपि प्रशिक्षणका लागि नेपाल लिपि गुठी काठमाडौँले सहयोग गरेको बताउँदै संयोजक बज्राचार्यले स्थानीय नगरपालिका र वडा कार्यालयले लिपि संरक्षण सहयोग गरे कार्यक्रम थप प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।


Advertisement

उनले एक पटकको प्रशिक्षणमा स्टेशनरी र सहभागीलाई चियापान गरी करीब रु सात हजारमात्र खर्च लाग्ने गरेको जानकारी दिँदै विगतमा स्थानीय उमेश श्रेष्ठ र प्रदीप पुइपजामनले आर्थिक सहयोग गरेको बताए ।

लिपिसम्बन्धी प्रशिक्षण लिन करीब डेढ महीना लाग्ने भएकाले उहाँले केही घण्टाको प्रशिक्षणमा रञ्जना लिपिबाट आफ्नो नाम कसरी लेख्ने र लिपिसम्बन्धी सामान्य जानकारी हासिल गर्न सकिने जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्