×

NMB BANK
NIC ASIA

मुख्य समाचार

मन्त्रीलाई पक्राउ गर्न आदेश, सुनको मूल्यमा नयाँ रेकर्ड

साउन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

    उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । 
 
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । उहाँहरूले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कामपामा करको दायरा बढ्दै
    
करको दायरा बढ्दै जाँदा काठमाडौँ महानगरपालिकाले विगत वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै उठाइएको कामपाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    कामपाले आव २०७५÷७६ मा घरबहाल करबापत रु एक अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ सङ्कलन गरेको छ । आव २०७४÷७५ मा सो शीर्षकमा रु ५६ करोड ३५ लाख आठ हजार २७५ सङ्कलन गरेको थियो । करको दायरा बढेसँगै घरबहाल करबापत उठ्ने राजश्व रकम बढिरहेको कामपा, राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए । 


Advertisment
Nabil box
Kumari

    तीन वर्ष पहिले (आव २०७३÷७४) मा यही शीर्षकमा रु १५ करोड ६९ लाख ५० हजार ८०८ सङ्कलन भएको थियो । 
    
साफ च्याम्पियनका लागि खेलाडी छनोट

Vianet communication
Laxmi Bank

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । 

प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ । छनोट हुने खेलाडीमा गोेलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् ।

मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । 

एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । 

    वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । 
प्रशासकीय अदालत विधेयक पारित

    प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

    बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । बैठकमा मन्त्री ढकालले प्रस्तुत गरेको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो । 

    मन्त्रीलाई सांसदको प्रश्न 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग मन्त्रालयका कामकारवाहीसम्बन्धी विभिन्न प्रश्न गरेका छन् ।  बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गुणस्तरीय खाद्य वस्तु खान पाउने संवैधानिक अधिकारअनुसार नै मन्त्रालयले बजारमा अनुगमन बढाएको बताउँदै अनियमितता र गलत गर्नेलाई कारवाही गरिएको जानकारी गराए । 

जनतालाई अखाद्य होइन खाद्य पदार्थ नै खुवाउने मन्त्रालयको योजना सुनाउँदै उनले चाडबाडमा मात्र नभइ निरन्तरता दिने उद्देश्यले अनुगमन गर्ने योजना बनाइएको बताए ।  बैठकमा सांसद उमा रेग्मीले खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट बढेको र उपभोक्ताले शुद्ध खानेकुरा नपाईरहेको अवस्थामा मन्त्रालयले के कदम चालिरहेको छ भनी प्रश्न गरेका थिए । 

सांसदद्वय डा डिला सङ्ग्रौला र रङ्गमती शाहीले पूरक प्रश्न गर्दै अनुगमनले काम नगरेको र कालाबजारी नियन्त्रण गर्न अझ कडा कदम चाल्नुपर्नेमा जोड दिए ।  जवाफमा मन्त्री यादवले कालाबजारी नियन्त्रण गर्न योजना मात्र नभई काम पनि गरेको र अनुगमन गरी कारवाहीसमेत गरिएको बताए । 

सांसद सङ्ग्रौलाले सरकारले २०७५ को नीति तथा कार्यक्रममा विद्यालय, विश्वविद्यालय, अस्पताल, विमानस्थल, पार्क र सार्वजनिक सेवाबाट प्रदान गर्ने सेवामा नेपालमा गुणस्तर लागू गर्ने भनिएको र त्यो कार्यक्रम कहाँ पुग्यो भनी प्रश्न गरिन् । 

जवाफमा मन्त्री यादवले गुणस्तरका लागि प्राविधिक टोली गठन गरिसकिएको र कार्यान्वयनको चरणमा रहेको बताए । 
सांसद रामबहादुर विष्टले अछामको विनायक नगरपालिकामा पाइने अति मूल्यवान पत्थर काइनेटको चोरी निकासी रोकथाम गर्न सरकारले के योजना बनाएको छ भनी प्रश्न गरे । 

उक्त प्रश्नमाथि सांसदद्वय दिलेन्द्रप्रसाद बडू र प्रेम सुवालले मूल्यवान पत्थर काइनेटको चोरी निकासी नियन्त्रण हुन नसकेको भन्दै पूरक प्रश्न गरे ।  जवाफमा मन्त्री यादवले यस वर्षको नीति तथा कार्यक्रममा अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाइएको बताउँदै बहुमूल्य पत्थरको उत्पादन र प्रशोधन गरी निकासीसमेत गरिने जानकारी गराए । 


    सांसद पुष्पा भुसालले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतभन्दा बढी विषादी पाइएको र ४५ प्रतिशतभन्दा बढी विषादी भएको खाद्यान्नलाई प्रयोग नगरी नष्ट गर्नुपर्नेमा जोड दिइन् ।  जवाफमा मन्त्री यादवले तरकारीमा विषादी परीक्षणलाई कडाइ गरिएकाले मुलुक बाहिरबाट ल्याइने मात्र होइन मुलुकभित्रै उत्पादन भएको तरकारीमा पनि विषादी भेटिन सकिने हुनाले परीक्षणलाई निरन्तरता दिइने बताए । 

    बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगका प्रश्नकर्ता सांसद महेन्द्रराय यादव उपस्थित नभएपछि सो मन्त्रालयसँग सम्बन्धित मंगलबारका लागि तय गरिएको प्रश्नोत्तरको सूची हुन सकेन । 

श्रीमती जिम्मा लगाइयो

    छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ । 

    अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेका थिए । 

नेप्से परिसूचक ओरालो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ । 

    स्टकका अनुसार मंगलबार कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ मध्ये एक उपसमूहको शयेर मात्र बढेको छ । सामूहिक लगानी कोषको शेयर ० मा रहँदा बैंकिङ १.३१, होटल २२.५२, विकास बैंक ७.२४, जलविद्युत् १, वित्त २.३६, निर्जीवन बीमा ४.५१, उत्पादन ८.८१, अन्य ४.७७, लघुवित्त १.४२ र जीवन बीमा १९.४ अङ्कले घटेका छन् । 

    कारोवार रकमका आधारमा माछापुछे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु १२ करोड ९६ लाख ७१ हजार २७ मा खरीद बिक्री भए । त्यस्तै लक्ष्मी बैंक रु आठ करोड ६१ लाख एक हजार ४३०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ९१ लाख ८२ हजार ५००, नेपाल बैंक लिमिटेड रु एक करोड ४५ लाख ६६ हजार ३६५ र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर रु एक करोड ४३ लाख ४५ हजार ५७३ मा खरीद बिक्री भए ।

    परिसूचक घटे पनि युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ७.६२ प्रतिशतले कमाए । त्यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.६३, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.२२, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.४५ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१७ प्रतिशतले कमाए । 

    एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३.७२ प्रतिशतले गुमाउँदा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी ३.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.३७, पाँचथर पावर कम्पान्ट लिमिटेड ३.१७ र ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए । 

सुन प्रतितोला एक हजार बढ्यो

    पछिल्लो पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला रु एक हजारले बढेर रु ७१ हजार पुगेको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । 

    तेजावी सुनसमेत बढेको छ । तेजावी सुन प्रतितोला रु एक हजारले वृद्धि भई रु ७० हजार ७०० पुगेको छ । सोमबार तेजावी सुन प्रतितोला र ६९ हजार ७०० मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला रु ८३५ पुगेको छ । 

    लगातार उकालो लाग्दै गएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ । 

    विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

   प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मंगलबार सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६÷०४÷२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन÷परिमार्जन÷नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउनु ।” अदाललते उक्त निर्णय यथास्थितिमा राख्नुका साथै प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका निर्णय कार्यान्वयन नगर्न भनेको छ । 

   प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिट निवेदनको सुनुवाइपछि प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।   राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । 

रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो

 आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए । 

    उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो । उनका अनुसार यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खोजिएको थियो ।

    काठमाडौँका सहायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिए । 

    रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ । मंगलबार सोसाइटीले पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नुपर्दा मर्माहत हुन पुगेको जनाएको छ । प्रशासन कार्यालयको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x