×

NMB BANK
NIC ASIA

नेत्रज्योति संघमा आधुनिक उपकरण व्यवस्थापन

साउन २९, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

उदयपुर – नेत्रज्योति संघ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दु सहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले १ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको १ करोड रुपैयाँको बजेटले जापानबाट संघका लागि १६  प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर ल्याइएपछि अब नेत्रज्योति संघ उदयपुर प्राविधिकरूपमा सक्षम भएको संघका अध्यक्ष भागवत राउतले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खरीद गरिएका नयाँ उपकरण तथा मेसिनमा अपरेश माइक्रोपकप्स, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्रायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डि, लेन्ससहितका उपरकण रहेका छन् । अन्यमा भेजिन ड्रम, अटोर्‍याफिक मिटर, लेन्ससोमिटर सहितका आधुनिक उपकरण व्यवस्थापन भएको छ ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको नेत्रज्योति संघ उदयपुरले आगामी मंसिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरू गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको संघका सदस्य ज्ञानबहादुर बस्नेतले बताए ।

Vianet communication
Laxmi Bank

नेत्रज्योति संघलाई आधुनिक ढंगबाट व्यवस्थापन गरेर संघको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको ३ तले नयाँ भवन निर्माण कार्यसमेत सम्पन्न हुनलागेको संघ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवार बताए ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको १ बिघा जग्गामा जापानी राजदूतावासको ९० लाख रुपैयाँ आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको ४० लाख आर्थिक सहयोग र अन्य दाताको आर्थिक सहयोग गरेर कूल १ करोड ८१ लाख रुपैयाँमा नयाँ भवनसमेत निर्माणकार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।

संघमा वार्षिक १७ हजारसम्म सेवाग्राहीले आँखा उपचार सेवा लिँदै आएको संघका प्रमुख प्राविधिक चिकित्सक डुल्लीराज तिम्सिनाले बताए । हालसम्म यस संघले आँखाका जाँच, सामान्य शल्यक्रिया, रेटिना भेजिना सफा गर्ने र जलविन्दु, मोतियाविन्दु हुनुअघिका सम्पूर्ण उपचार प्रदान गर्ने र चश्मा निर्धारण तथा व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको संघका प्राविधिक प्रमुख तिम्सिना बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x