पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
साउन २९, २०७६
काठमाडौं –सप्तरीको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डाक्टर सूर्यनारायण यादवले सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा बुझाएपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।
तत्कालीन संघीय समाजवादी फोरम र राजपाबीच बनेको चुनावी गठबन्धनका साझा उम्मेदवारका रूपमा निर्वाचित यादवको राजीनामाबारे उनकै दल समाजवादी पार्टी नेपाल (तत्कालीन फोरम) समेत अनविज्ञ रहेको दलका कतिपय नेताहरूको अभिव्यक्तिबाट प्रस्ट हुन्छ ।
यादवको राजीनामालाई नवगठित जनमत पार्टीका संयोजक सीके राउतलाई संसद्मा ल्याउने प्रयासका रूपमा लिएर समेत कतिपयले चर्चा गरिरहेका छन् ।
यादवको राजीनामा स्वीकृत त भइसकेको छैन, तर उनले फिर्ता नलिएको अवस्थामा राजीनामा स्वीकृत गर्नुको विकल्प सभामुखसँग रहने छैन ।
सीके राउतको पनि स्थायी ठेगाना सप्तरी नै भएकाले यो प्रकरणमा उनलाई जोडिएको देखिन्छ ।
स्वतन्त्र मधेशभन्दै अभियान चलाएका राउत मूलधारको संसदीय राजनीतिमा पाइला टेकेपछि यो वा त्यो कारणबाट सञ्चारमाध्यमहरूका लागि 'हटकेक' बन्ने गरेका छन् ।
सप्तरी १ खाली भएको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । यसरी हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेका राउत अहिले कतारमा छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंह भने यसविषयमा पार्टीभित्र कहीँ कतै छलफल नभएको दाबी गर्छन् । 'समाजवादी पार्टीका सांसद सूर्यनारायणजीले राजीनामा साँच्चिकै दिएको हो कि होइन, स्वीकृत हुन्छ कि हुँदैन त्यो पनि प्रस्ट छैन,' लोकान्तरसँग कुरा गर्दै सिंहले भने, 'यसबारेमा अहिले पार्टीमा कुनै छलफल भएको छैन । सञ्चारमाध्यमहरूले अनुमान गरेका मात्र हुन् ।'
यादवले राजीनामा दिएपछि अधिकांश मधेशकेन्द्रित पत्रकारहरूले सो क्षेत्रबाट राउत उठ्न खोजेको दाबीसहितका अपुष्ट समाचार तथा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।
समाजवादी पार्टीका महासचिव प्रशान्त सिंह भने सीके राउतसँग जोडेर भएको चर्चालाई हल्ला मात्र मान्छन् ।
'यादवजीले आफू मेडिकल डाक्टर भएको र राजनीतिमा खासै समय दिन नपाएकाले राजीनामा गरेको जानकारी हाम्रो अध्यक्षलाई गराउनुभएको रहेछ,' सिंहले भने, 'हिजो बसेको कार्यकारिणी बैठकमा यो विषयमा छलफल भएको थियो । उहाँ संसद्मा पनि त्यति धेरै उपस्थित हुन सक्नुभएको छैन । मैले पद ओगटेर बसेर मात्र भएन भनिरहनुहुन्थ्यो ।'
राजीनामा स्वीकृत नभएको अवस्थामा पछि के हुन्छ अहिल्यै भन्न नसकिने सिंह बताउँछन् ।
'राजीनामा स्वीकृत भइहाल्यो भने पनि उपनिर्वाचनमा समाजवादी पार्टीले नै आफ्नो उम्मेदवार उठाउँछ नि !' सिंहले थपे, 'राउत वा अन्य कुनै व्यक्ति ल्याउने विषयमा छलफल होइन, सोच्न पनि सकिन्न ।'
राजीनामा व्यक्तिगत स्वतन्त्रताको विषय हो– लक्ष्मणलाल कर्ण
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिमा रहेर काम गरिसकेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले सांसदको राजीनामा व्यक्तिगत स्वतन्त्रताको कुरा भएको बताए ।
संसदीय सुनुवाइ विशेष समितिका सभापति समेत रहेका सांसद कर्णले लोकान्तरसँग भने, 'सांसदमध्ये कसैले राजीनामा दिन चाहने कुरा व्यक्तिगत स्वतन्त्रताको विषय हो । उहाँ यादवजीले राजीनामा दिनुभएको छ भने, त्यसलाई सूचना बोर्डमा टाँसिन्छ । पार्टीभित्र उहाँको छलफल होला, केही सहमति होला भने त्यो पार्टीगत कुरा भइहाल्यो, तर सांसदले जसरी पनि राजीनामा दिन्छु भनेको छ त्यो स्वीकृत हुन्छ ।'
उपेन्द्र/महन्थलाई काउन्टर दिन नेकपाले खडा गरेको पात्र !
गत फागुन २४ गते प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड समेतको उपस्थितिमा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजित एक भव्य कार्यक्रममा राउतले आफू मूलधारको राजनीतिमा आएको घोषणा गरे । उक्त कार्यक्रमको पूर्वसन्ध्यामा विविध अड्कलबाजीहरू भएका थिए ।
राउत नेकपा प्रवेश गर्न खोजेको समेत चर्चा भएको थियो ।
त्यसअघि जेलमा रहेका राउतलाई भेट्न सत्तारूढ दलका नेताहरू नै पुगेका थिए । राउतलाई नेकपाको संरक्षण रहेको त्यतिबेलैदेखि चर्चा चल्न शुरू भएको हो ।
११ बुँदे सहमति भएको एक दिनअघि राज्य विप्लवको मुद्दा लागेका सीके राउतलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
समाजवादी पार्टीका एक नेताले राउत नेकपाले खडा गरेको पात्र भएको आरोप लगाए ।
नाम उल्लेख नगर्ने शर्तमा उनले लोकान्तरसँग भने, 'महन्थ ठाकुर, उपेन्द्र यादवजस्ता ठूला नेतालाई साइजमा ल्याउन नेकपाले राउतलाई खडा गरेको हाम्रो आन्तरिक बुझाइ छ । यो अवस्थामा हामीले हाम्रो सांसदलाई राजीनामा दिन लगाउने र राउतलाई टिकट दिलाउने काम हुनै सक्दैन । यदि त्यसो भयो भने हाम्रो पार्टीको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठ्छ ।'
राउतलाई राष्ट्रिय सभामा लैजाने विषयमा सत्तारूढ दल नेकपा र राउत स्वयंको 'भद्र सहमति' पनि भएको उनले खुलासा गरे । यादवले दिएको राजीनामा उनको व्यक्तिगत रोजाई र पार्टीको आन्तरिक विषय भएको दाबी उनको छ ।
यादवको राजीनामामा राउतको प्रसंग जोडेर नेकपाले नै समाजवादी पार्टीको चरित्रहत्या गर्न खोजेको आफ्नो बुझाई रहेको उनले बताए ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...