×

NMB BANK
NIC ASIA

धारा ३७० खारेज हुँदा कश्मीरीहरूमा कस्तो असर परेको छ ?

साउन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका अन्य भागमा बस्ने कश्मीरीहरूले जम्मु–कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयले भारतको साथ दिने मानिसलाई धक्का लाग्ने विचार व्यक्त गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भारतसँग जोडिने पक्षमा रहेका कश्मीरीहरू पनि यस निर्णयका कारण पृथक्तावादीसँग लाग्ने उनीहरूको मान्यता छ । अरू मानिस चाहिँ आफ्नो गौरवका रूपमा रहेको कश्मीरीयत खोसिएको बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण बेंगलुरुमा बसेका वा व्यापारको सिलसिलामा त्यहाँ पुगेका कश्मीरी व्यवसायी र विद्यार्थीहरूबीच छटपटी छ किनकि विगत केही दिनदेखि उनीहरूले परिवारसँग कुराकानी गर्न पाएका थिएनन् । 


Advertisment
Nabil box
Kumari

घरमा परिवारका सदस्य बिरामी भएकाहरू बढी चिन्तित छन् किनकि टेलिफोनले काम गरिरहेको छैन । 

Vianet communication
Laxmi Bank

कर्पोरेट वकिल साजिद निसारले बीबीसी हिन्दीलाई बताए, ‘मेरा पिता बिरामी हुनुहुन्छ । त्यसैले म केही कुरामा पनि ध्यान केन्द्रित गर्न सकिरहेको छैन । उहाँको हालत के होला भनेर पनि थाहा पाउन सकेको छैन ।’

धारा ३७० खारेजीको घोषणापछि भारतमा विश्वास गर्ने, मूलधारको राजनीतिमा रहेका र चुनाव समेत लडिसकेका मानिस पनि स्तब्ध छन् । 

साजिद निसार जस्ता अन्य कश्मीरीहरूका मातापिताको स्वास्थ्य ठीक छैन । परिवार संकटमा त छैन भनी हरेकलाई चिन्ता छ ।

बेंगलुरुमा आईटी प्रोफेसनल शाहिद अन्सारी स्टार्ट अप्सलाई सहायता गर्छन् । उनी भन्छन्, ‘भारतमा विश्वास गर्ने, मूलधारको राजनीति गर्ने र चुनाव लड्नेहरूमा भारतप्रतिको विश्वास टुटेको छ ।’

अन्सारीले नेसनल कन्फेरेन्स तथा पीपुल्स डेमोक्रेटिक पार्टी जस्ता दलप्रति इशारा गरेका हुन् । ती दलले दशकौंदेखि पृथक्तावादीहरूलाई कुनामा पारेका थिए । महबूबा मुफ्ती र उमर अब्दुल्ला पक्राउ पर्दा कश्मीरीहरूलाई झड्का लागेको छ । 

उनी भन्छन्, ‘उनीहरूलाई मूलधारको पार्टी भनिन्छ किनकि उनीहरू त्यहाँ भारतीयका रूपमा उभिएका थिए । उदाहरणका लागि, नेसनल कन्फेरेन्सले पृथक्तावादीहरूसँगको लडाईंमा २५ देखि ३० हजार कार्यकर्ता गुमाउनुपरेको छ । आज उनीहरूको दायरा पूरै खुम्चिएको छ । ती कार्यकर्ता अब केही दिनमै पृथक्तावादीहरूको पक्षमा हुनेछन् ।’

श्रीनगरबाट आएका एक व्यापारी अब्दुल हुसैन सईद भन्छन्, ‘भारतका लागि आवाज उठाउने मानिसको पनि आवाज दबाइएको कुरा मैले बुझेको छैन । पूर्व मुख्यमन्त्रीहरूलाई जेल हालेर भारतमाथि विश्वास नगर भन्ने सन्देश दिइएको छ । यस्तो कारवाहीले भारतप्रति घृणा बढाउँछ ।’

एक वकिलले नाम नछाप्ने शर्तमा भने, ‘बेंगलुरुमा बसेका कश्मीरीहरू परिवारको हालतका बारेमा चिन्तित छन्, त्यसैले कश्मीर जान चाहन्छन् । उनीहरूलाई यहाँ बस्न पनि डर छ । उनीहरूलाई भविष्य खतरामा नपार भनी हामीले सम्झाउने कोशिश गरेका छौं । अनि मिडियासँग कुराकानी नगर्न पनि हामीले सुझाव दियौं ।’

कश्मीरको व्यापारी महासंघका हकीम वसीम भन्छन्, ‘कश्मीरीहरू अलगथलग भएको अनुभव गरिरहेका छन् । कश्मीरीहरूका लागि कश्मीरीयत गौरवको कुरा हो । हामीबाट कश्मीरी पहिचान खोसिएको छ र हामी आफ्नो पहिचानका लागि भावुक छौं ।’

तर ३५क अन्त्य गर्दा कश्मीरमा लगानी आकर्षित हुन्छ अनि जम्मु–कश्मीरमा आर्थिक समृद्धि हासिल हुन्छ त ? 

अन्सारी भन्छन्, ‘हजारौंको संख्यामा सुरक्षाबल तैनाथ गरिएको ठाउँमा कसैले पनि लगानी गर्दा सुरक्षित अनुभव गर्छ जस्तो लाग्दैन ।’

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x