पार्टी परित्यागसँगै चन्द समूहका कार्यकर्ता रिहा

फाइल फोटो

भोजपुर- नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्।

उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताए । 


Advertisement

यसैबीच पौवादुङमा गाउँपालिकाले वडा नं १ श्यामशिलाका वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निधन भएकामा उनको संझनामा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ । उनको  गत साउन १८ गते निमोनियाका कारण उपचारका क्रममा धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।


Advertisement

आज गाउँपालिकाभरिका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयमा बिदा दिइएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्