बैतडीमा ७ हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

प्रतिकात्मक तस्वीर

बैतडी – आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत संकलन गरिएको मतदाता नामावली संकलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो ।  


Advertisement

बैतडीमा साउन १६ गतेसम्म १ लाख ४३ हजार २४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए ।


Advertisement

विक्रम संवत् २०७४ भदौ ४ गतेसम्म बैतडीमा १ लाख ३६ हजार २४२ जनाको मतदाता नामावलीमा नाम दर्ता रहेको थियो ।

प्रतिनिधिसभाको निर्वाचनमा १ लाख ३२ हजार ३१९ जनाले मतदान गर्न पाउने अन्तिममा नामावली आएको थियो । मतदान गर्न नपाउने १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए । १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचन मतदानमा सहभागी हुन पाउने व्यवस्था छ ।  त्यसपश्चात पुनः शुरू भएको मतदाता नामावली संकलनमा बैतडीमा ७ हजार १ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

संकलन भएका मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्तामा मात्र वास्तविक नामावली आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीका ३ वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ ।

वडाध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो । दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको बिरामी भई निधन भएको र पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । 

उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउने छन् । बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि आगामी मंसिरमा उपनिर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्